6 years ago
September 12, 2018
प्रकाश तिमल्सिना
ढाका – साफ च्याम्पियनसिप (साफ सुजुकी कप) का लागि २० सदस्यीय नेपाली टोली यति बेला ढाकामा रहेको छ । अहिलो टोलीमा रहेका मध्ये ३ खेलाडीले यो साफ च्याम्पियनसिप अघि नै ५० क्याप जितिसकेका थिए । नेपाली टोलीका फरवार्ड भरत खवासले पनि पनि यहि साफ मार्फत ५० क्याप पुरा गरेका छन् ।
बंगलादेशविरुद्ध समूह चरणको अन्तिम खेलमा कप्तानी समेत गरेका भरतको राष्ट्रिय टोलीका लागि त्यो ५० औं खेल थियो । सन् २००८ मा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका भरतले चोटका कारण पटक पटक राष्ट्रिय टोलीबाट अलग हुनु परेको थियो ।
उनीसँगै डेब्यू गरेका विराज महर्जनले यहि च्याम्पियनसिपका दौरान नेपालका लागि सर्वाधिक क्याप (६९ खेल) जित्ने खेलाडी बनेका थिए । समूह चरणमा भुटानविरुद्ध गोल समेत गरेका भरतको १० अन्तर्राष्ट्रिय गोल पुगेको थियो । उनले नेपालका लागि अबको लक्ष्य सर्वाधिक गोल गर्ने सपना देखेका छन् । पूर्व कप्तान हरि खड्का र नीराजन रायामाझीको नामा समान १३ गोलको कीर्तिमान छ ।
भरतले ५० गोल पुरा गर्नुलाई भाग्यसँग जोडेका छन् । ‘आफुलाई भाग्यशाली ठानेको छु । यहि च्याम्प्यिनसिपका दौरान ५० खेल पुरा भएको छ’, उनले भने, ‘अब साफ च्याम्पियन बनेर फर्कने इच्छा छ ।’ अहिले टोलीमा रहेका विराज महर्जन, गोलकिपर किरण चम्जोङ र रोहितले पनि ५० क्याप जितिसकेका छन् ।
बंगलादेशको खेलसम्मको हाल नेपाली टोलीमा रहेका खेलाडीको क्याप
खेलाडी क्याप
विराज महर्जन ६९
किरण चेम्जोङ ५४
रोहित चन्द ५३
भरत खवास ५०
निराजन खड्का ३१
बिमल घर्तीमगर २९
अन्जन विष्ट २५
सुजल श्रेष्ठ २२
नवयुग श्रेष्ठ २०
आदित्य चौधरी २०
अनन्त तामाङ १९
दिनेश राजवंशी ३
सुमन अर्याल ३
सुनिल बल ४
विशाल राई १४
हेमन गुरुङ १२
देवेन्द्र तामाङ ३
हेमन्त थापामगर १
विकेश कुथु ६
एलन न्यौपाने डेब्यू गर्न बाँकी
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]