7 years ago
September 12, 2018
लन्डन (एजेन्सी) – भारतविरुद्धको अन्तिम टेस्टमा घरेलु टोली इंग्ल्यान्ड विजयी भएको छ । इंग्ल्यान्ड अन्तिम टस्टमा १ सय १८ रनले विजयी भएको हो ।
ओभलमा भएको अन्तिम टेस्टको दोस्रो इनिङ्समा ४ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको भारतले सबै विकेट गुमाएर ३ सय ४५ रनमात्र बनाउन सक्यो । भारतका केएल राहुल र रिषव पन्तले शतक प्रहार गरेपनि हार टार्न सकेन ।
सुरुवाती व्याट्सम्यानलाई सस्तैमा गुमाएको भारतका लागि केएल राहुल र रिसव पन्तले २ सय ४ रनको साझेदारी गरेका थिए । राहुल १ सय ४९ रनमा तथा रिसव पन्त १ सय १४ रनमा आउट भए । अन्तिम तीन ब्याट्सम्यानलाई सस्तैमा गुमाएपछि भारतलेअन्तिम टेस्टमा पनि हार बेहोर्न बाध्य बन्यो । जेम्स एन्डरसनले ३ तथा साम कुरान र आदिल रसिदले समान २ विकेट लिए ।
यससँगै घरेलु टोली इंग्ल्यान्डले पाँच म्याचको टेस्ट सिरिज ४–१ ले आफ्नो पक्षमा पारेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]