9 years ago
February 25, 2016
यज्ञराज जोशी
काठमाडौ फागुन १३ । डिसिएले एनसिएसलाई दुई विकेटले पराजित गर्दै क्रिकेटको शहर धनगढीमा जारी धनगढी क्रिकेट एकेडेमी (डिसिए) र नेपाल क्रिकेट स्कुल (एनसिएस) बीचको एक दिवसीय सिरिज बराबरीमा ल्याएको छ । अघिल्लो दिन एनसिएसले सात विकेटको जित निकालेको थियो ।
दुवै टोली बीच निर्णायक एकदिवसीय खेल भोलि हुनेछ ।
पाहुना टोली एनसिएसले दिएको १५९ रनको लक्ष्य घरेलु टोली डिसिएले ३२ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेटायो । ओपनिङ ब्याट्सम्यानद्धय विपिन रावल (२०) र युवराज थापा (२५) ले ३२ रनको साझेदारीबाट सुरु भएको इनिङलाई म्यान अफ द म्याच दिपेन्द्र थापाको ३३ रनको स्कोरले अघि बढायो भने अमन पन्थिले १९ बलमा अभिजित २१ रनको पारी खेल्दै वान डे सिरिज बराबर बनाए । डिसिएका यम कार्कीले १३, निराजन सिंहले १० रन बनाए अन्यले दोहोरो स्कोर बनाउँन सकेनन् । एनसिएसका कप्तान जितेन्द्र सिंह ठकुरीले ५ विकेट लिएपछि दबाबमा देखिएको डिसिए टीम उनलाई अन्य बलरहरुले गतिलो साथ दिन नसकेपछि सिरिज बराबरी गर्न सफल भएको हो । एनसिएसका प्रतिश जिसी र सौरभ ओझाले समान १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली एनसिएसले ३८.५ ओभरमा आफ्ना सवै विकेट गुमाएर १ सय ५८ रन बनायो । सौरभ पेलाले टीमका तर्फबाट सर्वाधिक ६१ रन बनाउँदै ९ चौका प्रहार गरे । उनीसँगै बब्लु यादबले १९, रुपेश श्रेष्ठले १८ तथा रविन्द्र जंग शाहीले १६ रनको पारी खेले पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन । ३ रनको टीम स्कोरमा ओपनर सुनिल थापालाई शुन्य रनमा पवेलिएन फर्केपछि डिसिए खेलमा हावी देखिएको थियो । दोस्रो विकेटका लागि बब्लु र कप्तान रविन्द्रले ३७ रनको साझेदारी गरे । डिसिएका पेश बलर निराजन सिंहले सो साझेदारी तोड्न कप्तान रविन्द्रलाई पवेलिएको बाटो देखाएका थिए ।
बलिंगमा अमित बुढाले ५ ओभरको स्पेलमा ३८ रन दिएर ३ विकेट पाए । पहिलो वान डे झै यस वानडेमा पनि उनले ९ रन अतिरिक्त स्वरुप खर्चे । पेश बलर निराजन सिंहको बलिंग निकै अनुशासित रह्यो । उनले फालेको ७ ओभरको स्पेलमा १५ रन मात्र दिएर महत्वपुर्ण २ विकेट निकाले । उनले कुनै अतिरिक्त रन दिएनन् भने एक ओभर मेडन फाले । त्यस्तै डिसिएका युवा स्पिनर तथा नेशनल क्रिकेटर भुवन कार्कीका भाई प्रकाश कार्कीले ७ ओभरमा २३ रन दिएर १ विकेट लिए । भने अमन पन्थिले ७.५ ओभरको स्पेलमा १५ रन दिएर २ मेडन राख्दै १ विकेट लिदै एनसिएसलाई मध्यम स्कोरमा रोक्न सफल रहे ।
May 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्याइज युनियन क्लब जित हात पार्न सफल भएको छ। रोमाञ्चक खेलमा श्री कुमारी क्लबलाई ५-३ को हार चखाउन सफल भएको छ। यो जितमा ब्वाइज युनियनको रेलिगेसनबाट जोगिएको छ। खेलको १९ औं मिनेटमा पाल्देन तामाङको गोलमा श्री कुमारी ले पहिले अग्रता बनायो। तर यो अग्रता धेरै बेर टिकेन। […]
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको टासकनमा आयोजना हुने २१औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपका सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक,अफिसियललाई ट्रयाक सुट र क्याप विरतरण गरिएको छ । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा तथा महासंघका कोषाध्यक्ष एवंम टोलीका व्यवस्थापक किशोर भट्टराईले आज खेलाडीलाई ट्रयाक सुट र क्याप वितरण गरे। ट्रयाक सुट र क्याप कोषाध्यक्ष भट्टराईले उपलब्ध […]
May 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]