7 years ago
September 9, 2018
न्यु योर्क (एजेन्सी) – नाओमी ओसाका युएस ओपन टेनिसको च्याम्पियन बनेकी छन् । २०औं वरीयताकी ओसाकाले १७ वरीयताकी सेरेनामाथि २–० को सोझो सेटमा पराजित गर्दै पहिलो ग्रान्डस्लाम उपाधिको रुपम युएस ओपन टेनिस जित्न सफल भएकी हुन् ।
न्यु योर्कस्थित अर्थर एसे टेनिस कोर्टमा शनिबार राति भएका खेलमा अमेरिकी टेनिस स्टार सेरेना विलियम्समाथि ओसाकाले सनसनीपूर्ण जित निकालिन् । सेरेनामाथिको जितसँगै ओसाका ग्रान्डस्लामा उचाल्ने पहिलो जापानी खेलाडी समेत भएकी छिन् । २० वर्षीय ओसाकाले पूर्व विश्व नम्वर एक सेरेनामाथि ६–२ र ६–४ को सोझो सेटमा जित निकालिन् ।
पुरुष एकलतर्फको फाइनल खेल आज राति हुदैछ । फाइनलमा नोभाक जोकोभिच र हुवान मार्टिन डेल पोर्टाेबीच प्रतिस्पर्धा हुदैछ ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]