9 years ago
February 25, 2016
काठमाडौं, फागुन १३ ‘प्रधान सेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२’ को उपाधिको लागि दुई विभागीय आयोजक नेपाल आर्मी र नेपाल प्रहरीबीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगिता अन्र्तगत बिहिबार नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कर्भडहल, लगनखेलमा भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएलाई तथा त्रिभुवन आर्मी क्लब ‘ए’ ले बी टिमलाई सोझो सेटमा पराजित गर्दै फाइनल भिडन्त पक्का गरेको हो ।
नेपाल पुलिस क्लबले एपिएफलाई २५(१६, २५(१२ र २६(२४ अन्तरले पराजित ग¥यो ।
दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबको ‘ए’ ले र ‘बी’ लाई २५(१८, २५(२०, २२(२५ र २५(१६ को सोझो सेटमा पराजित ग¥यो ।
अब दुवै टोलीले उपाधिको लागि शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]