default_image

6 years ago

September 8, 2018

ढाकामा नेपाली खेलकुद पत्रकारलाई स्वागत

52 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – बंगलादेश स्पोर्टस् प्रेस एसोसिएसन (बीएसपीए) ले साफ सुजुकी कपको समचार संकलनको लागि ढाका आइपुगेको नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को टोलीलाई शनिबार स्वागत गरेको छ ।

बीएसपीएले साफ सुजुकी कप भैरहेको बंगबन्धु स्टेडियममै रहेको कार्यालयमा मञ्चको टोलीलाई स्वागत गरेको हो । मञ्चको नेतृत्व नेपाल खेलकुख पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिना र वरिष्ठ खेल पत्रकार हिमेशरत्न बज्राचार्यले गरेको थियो । बीएसपीएका उपाध्यक्ष पराग अरमानले मञ्चका महासचिव प्रकाश तिमल्सिनालाई मायाको चिनो प्रदान गरेको थियो ।

सो अवसरमा खेलकुद पत्रकार मञ्च र बीएसपीएले गर्ने कार्यक्रमहरुमा दुई पक्षबीच प्रतिनिधि पठाउने विषयमा छलफल भएको थियो । मञ्चले स्पोर्टस् अवार्ड र बीएसपीएले बंगलादेश स्पोर्टस् अवार्ड कार्यक्रम गर्दै आएको छ ।

September 18, 2024

ओपनर अर्जुन आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर अर्जुन साउद आउट भएका छन् । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा ओमानविरुद्ध नेपालले पहिलो विकेट गुमाएको हो । करिब १५ महिना पछि नेपाली टिममा फर्किएका अर्जुन साउद १२ बलमा ५ रन बनाउदै आउट भएका हुन् । कलिमुल्लाहको बलमा फैयज बटबाट साउद क्याच भएका […]

September 13, 2024

करातेका श्रेष्ठ बर्ष उत्कृष्ट प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद)- पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत शुक्रवार बर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड करातेका कुशल श्रेष्ठले जितेका छन्। श्रेष्ठको नेतृत्वमा उनले १९औं एसियाली खेलकुदमा एरिका गुरूङले ऐतिहासिक रजत पदक दिलाएकी थिइन्।‌ नेपालले एसियाली खेलकुदमा जितेको यो दोस्रो रजत हो। करातेमा नेपालको यो अहिलेसम्म कै ठुलो पदक पनि हो। उनकै प्रशिक्षणमा‌ दशौं विश्व कराते च्याम्पियनसिप, इन्डोनेसियामा […]

September 13, 2024

अफगानिस्तान र न्युजिल्यान्डबीचको टेस्ट रद्द

एजेन्सी – अफगानिस्तान र न्युजिल्यान्डबीचको टेस्ट टस समेत हुन नसकि रद्द भएको छ । भारतको नोयडामा हुने भनिएको अफगानिस्तान र न्युजिल्यान्डबीचको टेस्ट खेल निरन्तरको वर्षाका कारण रद्द भएको हो । दुई टोलीबीचमा एकमात्र टेस्ट खेल रहेको थियो । टस बिना नै रद्द भएको टेस्ट क्रिकेटको इतिहासमा यो आठौं खेल हो । पछिल्लो पटक सन् १९९८ […]

Success

Thank you for your time.