6 years ago
September 8, 2018
म्युनिख (एजेन्सी) – व्यक्तिगत कारण देखाउदै जर्मनीका मिडफिल्डर लिरोए सानेले पेरुविरुद्धको मैत्रीपूर्ण खेल अघि टिम होटेल छाडेका छन् । उनले शुक्रबार व्यक्तिगत कारण देखाउदै टिमसँगै रहेको होटल छाडेको जर्मन फुटबल एसोसिएनसले जनाएको छ ।
होटल छाड्ने बेलामा सानेले प्रशिक्षक जोचिम लोउसँग सल्लाह लिएको एसोसिएसनले जनाएको छ । सानेले युइएफए नेसन्स लिगमा फ्रान्सविरुद्धको खेलपछिको २४ घन्टा नबित्दै टिम रहेको होटल छाडेको हो । जर्मनी र फ्रान्सले गोलरहित बराबरी खेलेका थिए ।
फ्रान्सविरुद्धको खेलमा सानले अन्तिम सात मिनेट मात्रै खेल्ने मौका पाएका थिए । साने मार्काे रिउसको स्थानमा ८३औं मिनेटमा मैदान प्रवेश गरेका थिए । जर्मनीले आइतबार पेरुविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । यससँगै सानेले पेरुविरुद्धको खेल गुमाउनेछ ।
अघिल्लो सिजन इंग्लिस प्रिमियर लिगमा उच्च प्रदर्शन गरिरहेका २२ वर्षीय सानेले पछिल्लो केही महिना यता जर्मन टिममा समस्या भोगिरहेको छ । उनी गत जुन÷जुलाईमा भएको रसिया विश्वकपमा पनि आश्चर्यचकित रुपमा टिमबाट फ्याकिएका थिए । सानेले जर्मनीबाट १३ मात्रै खेलेका छन् ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]