default_image

6 years ago

September 6, 2018

साफ च्याम्पियनसिप : नेपाल विरुद्ध भुटान [लाइभ अपडेट]

82 views

0 Bookmark

नेपालको सुरुआती ११ :

किरण चेम्जोङ (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, सुमन अर्याल, रोहित चन्द, सुजल श्रेष्ठ, विमल घर्तिमगर, सुनिल बल, बिशाल राई र अन्जन विष्ट

ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालाबाट प्रकाश तिमल्सिना

हेलो नमस्ते
भर्खरै वामअप सकिएको छ ।

आज नेपाली टिममा तीन खेलाडी परिवर्तन गरिएको छ ।

नेपाली टिमको कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्नेछन् । उनले पहिलो पटक राष्ट्रिय टिमको कप्तानी गर्न लागेका हुन् । नेपालले एसियाली खेलकुदको पुरुष फुटबलमा उनकै नेतृत्वमा खेलेको थियो ।

हामीले बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालाबाट प्रत्यक्ष लाइभ अपडेट गरिरहेका छौं ।

खेल सुरु भएको छ ।

दुवै टोलीले सुस्त सुरुवात गरेको छ ।

पाचौ मिनेट सकिएको छ ।

नेपालले खेलमा दवाव सिर्जना गरेको छ ।

नवौ मिनेटमा रोहितको फितलो प्रहार ।

१३औ मिनेटमा सुनिल बलको फितलो प्रहार ।

१७औ मिनेटमा सुनिल फ्रिकिक जित्न फल ।

१८औ मिनेटमामा आदित्यको फ्रीकिक फितलो ।

२१ मिनेट गोल

सुनिल बलको कर्नरमा अनन्त तामांगको हेड गोल । अनन्तको यो दोस्रो अन्तरास्ट्रिय गोल हो । यसअघि उनले एफसी सोलिडारिटि कपमा लाओसविरुद्ध गोल गरेका थिए ।

२५औ मिनेटको खेल सकिदा नेपाल १-० ले अघि छ ।

खेलमा नेपालले लगातार दवाब सिर्जना गरिरहेको छ ।

२९औं मिनेटमा गोलरक्षक किरणले भुटानको प्रहार मुस्किलले नियन्त्रणमा लिन सफल भएको छ ।

३०औं मिनेटको खेल सकिएको छ ।

३५औं मिनेटको खेल सकिएको छ । नेपालले १–० ले अग्रता लिइरहेको छ ।

भुटानका खेलाडी घाइते देखिएका छन् ।

४०औं मिनेट भुटानबाट खेलाडी परिवर्तन भएको छ । मफाम चोफेज जिग्मेको स्थानमा रिन्चेन दोजी मैदान प्रवेश गरेका छ ।

पहिलो हाफ सकिन २ मिनेट बाँकी छ । नेपालले खेलमा १–० को अग्रता लिइरहेको छ ।

तीन मिनेट समय थप गरिएको छ ।

इन्जुरी समयमा नेपालले फ्रिकिक पाएको छ । सुनिल बल फ्रिकिक प्रहार गर्देछन् । सुनिलको फ्रिकिक पोस्टबाट थोरै बाहिरिएको छ ।

पहिलो हाफ सकिएको छ । खेलमा नेपालले १–० कने अग्रता लिइरहेको छ ।

दोस्रो हाफ शुरु भएको छ । नेपालले १–० ले अग्रता लिइरहेको छ । के नेपालले यो अग्रता अन्तिमसम्म जोगाईराख्न सफल रहला ?

५०औं मिनेट सुनिल बलको कर्नरमा रोहित चन्दको हेड पोल नजिकैबाट बाहिरिएको छ ।

नेपालले केही सुस्त खेलिरहेको छ ।

५७औं मिनेट नेपाल गोलबाट मुस्किलले जोगिएको छ । चेन्चोको प्रहारलाई डिफेन्डरले क्लियर गरिदिएका छन् ।

६०औं मिनेटको खेल सकिएको छ । नेपालले दोस्रो हाफमा खासै मुभ बनाउन सकेको छैन ।

६३औं मिनेट नेपालबाट खेलाडी परिवर्तन भएके छ । विशाल राईको स्थानमा निराजन खड्का मैदान छिरेका छन् ।

६५औं मिनेट अफसाइड छेन्डा दोर्जीको प्रहारलाई लाइन्स मेनले अफसाइड दिएका छन् । नेपाल मुस्किलले बचेको छ । नेपालले १–० को अग्रता लिइरहेको छ ।

६८औं मिनेटमा विमलको क्रसमा अन्जनको प्रहार पोलमा लागेर फर्किदा सुजलको वाइड प्रहार ।

पेनाल्टी
७० औं मिनेट नेपालले पेनाल्टी पाएको छ । निमा वाङ्दीले निराजन खड्कालाई लडाएपछि
गोल विमलले पेनाल्टीमा गोल गर्न असफल रिवायन्डमा सुनिल बल गोल गर्न सफल ।

सुनिलले बलले तेस्रो अन्तर्राष्ट्रिय खेलमा डेब्यु गोल गर्न सफल भएका हुन् ।

७० औं मिनेट बिमल फेरि  गोल गर्न असफल   ।

७९ औं मिनेटमा भरत अवास गोल गर्न सफल

८४औं मिनेट नेपालबाट खेलाडी परिवर्तन । दिनेश राजवंशीको स्थानमा विराज महर्जन मैदान प्रवेश ।

सब्सिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका कप्तान विराज महर्जन राष्ट्रिय टिमबाट सबैभन्दा धेरै क्याप जित्ने खेलाडी बनेका छन् ।

८८औं मिनेट निराजन खड्का गोल गर्न सफल सुनिल बलको कर्नरमा निराजनले हेड गोल गर्न सफल भएका हुन् ।

तीन मिनेट समय थपिएको छ । नेपाल ४–० ले अघि छ ।

खेल सकिएको छ । नेपालले भुटानमाथि ४–० को सहज जित निकालेको छ । भुटानमाथिको जितसँगै नेपालले समूह चरण पार गर्ने सम्भावना बलियो बनाएको छ । भुटान भने एक खेल अगावै प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ ।

अब नेपालले शनिबार आयोजक बंगलादेशसँग खेल्नेछ । उक्त खेलमा जित हात पारे नेपा साफ सुजुकी कपको सेमिफाइनलमा प्रवेश गर्नेछ ।

आजै आयोजक बंगलादेश र पाकिस्तानबीचको खेल केही बेरमा शुरु हुदैछ ।

 

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.