6 years ago
September 5, 2018
ढाका (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप अन्तर्गत पाकिस्तानसँग पराजयबाट प्रतियोगिताको सुरुआत गरेको नेपाली टोलीले दोस्रो खेलमा भुटानको सामना गर्दैछ। उक्त खेल लाइभ कसरी हेर्ने, खेल हुने समय लगायतका सम्पूर्ण जानकारी पाउनुहोस।
खेल : नेपाल विरुद्ध भुटान
खेल हुने स्थान : बंगबंधु रंगशाला
खेल सुरु हुने नेपाली समय :दिउँसो ३:४५ बजे
प्रत्यक्ष प्रसारण : एपी वन एच डी, डीस होम एक्सन स्पोर्ट्स साथै यप टिभीबाट अनलाइन हेर्नसक्नु हुनेछ ।
नेपालले साफ च्याम्पियनसिपको पहिलो खेलमा मंगलबार पाकिस्तानसँग २-१ को हार बेहोरिसकेको छ । समूहकै अर्को खेलमा बंगालदेशले भुटानलाई २-० ले पराजित गरेको थियो । अंक तालिकामा आयोजक बंगलादेश शीर्ष स्थानमा छ भने भुटान पुछारमा छ । नेपाल र भुटान दुवै अंकविहिन भएपनि नेपाल गोल अन्तरमा एक स्थान माथि छ । समूहको शीर्ष दुई टोली मात्र सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले अर्को चरणमा पुग्ने हो भने भुटानविरुद्ध स्पष्ट नतिजा निकाल्नु पर्नेछ । बराबरी भएको खण्डमा नेपालको गणितीय सम्भावना भने जिवितै रहन्छ
समूह चरणमा नेपालका खेलहरु
नेपाल १-२ पाकिस्तान : सेप्टेम्बर ४
नेपाल विरुद्ध भुटान : सेप्टेम्बर ६
नेपाल विरुद्ध बंगलादेश : सेप्टेम्बर ८
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।