default_image

7 years ago

September 5, 2018

सेरेना युएस ओपनको सेमिफाइनलमा

145 views

0 Bookmark

न्युयोर्क (एजेन्सी) – अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । अस्ले असिस स्टेडियममा बुधबार बिहान भएको खेलमा चेक रिपब्लिककी कारोलिना प्लिस्कोभालाई २–० को सेटमा पराजित गर्दै सेरेनाले अन्तिम चारमा स्थान बनाएकी हुन् ।

२३ पटकको ग्राण्डस्लाम च्याम्पियन सेरेनाले आठौं वरीयता प्राप्त प्लिस्कोभामाथि ६–४ र ६–३ को सहज जित निकालिन् । अब सेरेनाले अनस्टासिजा सेभास्तोभासँग खेल्नेछिन् । सेभास्तोभाले क्वाटरफाइनलमा साबिकको बिजेता अमेरिकन स्लोअनी स्टेफेन्सलाई हराएकी थिइन् ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.