default_image

6 years ago

September 4, 2018

राष्ट्रिय टोलीबाट डेब्यु गर्ने को हुन् सुमन?

84 views

0 Bookmark

प्रकाश तिमल्सिना
ढाका – डिफेन्डर सुमन अर्यालले साफ सुजुकी कपअन्तर्गत पाकिस्तानविरुद्ध मंगलबार हुने उद्घाटन खेलमा डेब्यु गर्ने भएका छन् । खेल नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ । 

त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका सुमन लेफ्ट डिफेन्समा खेल्ने गर्छन् । उनले राष्ट्रिय टोलीमा पनि सोहि भूमिका निर्वाह गर्ने छन् । रविन श्रेष्ठ चोट बोक्दै प्रतियोगिताबाट बाहिरए  पछि उनले खेल्न पाएका हुन् । उनले उमेर समूहको यू-१४, यू-१६, यू-१९ र यू-२३ मा खेलिसकेका छन् । नेपालले गतवर्ष यू-१९ साफ च्याम्पियनसिपको उपाधि जित्दा पनि उनको प्रदर्शन राम्रो रहेको थियो ।

साफ च्याम्पियनसिपमा नेपालले अहिले सम्म पाकिस्तानसँग ६ पल्ट प्रतिस्पर्धा गरेको छ । जसमा २ खेल जित र १ हार बेहोरेको नेपालले ३ खेलमा बराबरी गरेको छ । समूह एमा नेपाल, पाकिस्तानसँगै भुटान र आयोजक रहेका छन् । अर्को समूहमा सर्वाधिक सफल टोली भारत, श्रीलंका र माल्दिभ्स छन् । आजै हुने अर्को खेलमा भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।


नेपाली फुटबल टोली सुरुवाती- ११  

गोलकिपर – किरण चेम्जोङ
रक्षक – विराज महर्जन (कप्तान), सुमन आर्याल, अनन्त तामाङ, आदित्य चौधरी
मिडफिल्ड – विमल घर्ती मगिर, रोहित चन्द सुजल श्रेष्ठ, अन्जन विष्ट
फरवार्ड – भरत खवास, नवयुग श्रेष्ठ

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.