default_image

7 years ago

September 1, 2018

राफेल नाडाल युएस ओपनको प्रि–क्वाटरफाइनलमा

179 views

0 Bookmark

न्यु योर्क (एजेन्सी) –विश्व नम्बर एक स्पेनिस राफेल नाडाल युएस ओपन टेनिसको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । डिफेन्डिङ च्याम्पियन नाडालले रुसी खेलाडी करेन खचानोभमाथि ३–१ को संघर्षपूर्ण जित निकाल्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

न्युयोर्कस्थित अर्थर असे टेनिस कोर्टमा शनिबार बिहान भएको खेलमा ३२ वर्षीय नाडाल पहिलो सेटमा ५–७ ले पछि परेको थियो । १७ पटकको ग्रान्डस्लाम च्याम्पियन नाडालले त्यसपछिको तीन सेटमा संघर्षपूर्ण जित निकाल्यो । दोस्रो सेटमा ७–५ को जित निकालेको नाडालले तेस्रो र चौथो सेट क्रमश ७–६ र ७–६ को जित निकाल्न सफल भयो । खचानोभमाथि जित निकाल्न नाडालले अब अन्तिम १६ मा जर्जियाका निकोलोज बासिलासभिलीसँग प्रतिस्पर्धा गर्नेछन् ।


शनिबार बिहानै सम्पन्न महिलातर्फको खेलमा सेरेना विलियम्सले दिदी भेनस विलियम्सलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएकी छन् ।
न्युयोर्कमा भएको खेलमा सेरेनाले दिदी भेनसमाथि ६–१ र ६–२ को सोझो सेटमा जित निकालेकी हुन् । सेरेनाले अब प्रि–क्वाटरफाइनलमा इस्टोनियाकी काया कानेपीसँग खेल्नेछिन् ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.