7 years ago
August 31, 2018
काठमाडौं (हाम्रो खेलकुद) –युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (बि.क.)ले शुक्रबार खेलकुद पूर्वाधारको निरिक्षण गरेका छन् ।
यसै बर्ष फागुनमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद समयमै सफलतापूर्वक सम्पन्न गर्नका लागि खेलकुद पूर्वाधारका बारेमा जानकारी लिन पूर्वाधार निर्माण भईरहेको त्रिपुरेश्वर, सातदोवाटो र च्यासलको निरिक्षण गरेका थिए । निरिक्षणका क्रममा युवा तथा खेलकुद सचिव र राष्ट्रिय खेलकद परिषदका सदस्य सचिव केशव कुमार बिष्टको समेत उपस्थिती रहेको थियो ।
पूर्वाधारको निरिक्षण गर्दै युवा तथा खेलकुद मन्त्री बि.क.ले समयमै पूर्वाधार सम्पन्न गर्न निर्देशन दिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]