default_image

7 years ago

August 31, 2018

एसियाड भलिबलमा नेपाललाई १५औं स्थान, किर्गिस्तानबाट वाकओभर

103 views

0 Bookmark

जाकार्ता (हाम्रो खेलकुद) – इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत पुरुष भलिबल मा नोपलले १५औं स्थान हासिल गरेको छ ।

नेपाली भलिबल टाली । फाइल तस्बिर

गोर बुलुनगन स्टेडियममा शुक्रबारको लागि तय भएको १५औं र १६औं वरीयताको खेलमा किर्गिस्तानबाट वाकओभर पाएपछि नेपालले १५औं स्थान प्राप्त गरेको हो । वाकओभर पाएपछि आयोजकले अर्काे टिमलाई ३–० को सोझो सेट २५–०, २५–० र २५–० को नतिजा दिने गर्दछ ।

एसियाडमा २० टोलीको सहभागिता रहेको थियो । समुह चरण र नकआउट चरणमा पराजित टोलीहरुबीच वरीयताको लागि पुन प्रतिस्पर्धा भएको थियो । नेपालले १३ देखि १८औं वरीयताको लागि मंगोलिया र श्रीलंकासँग प्रतिस्पर्धा गरेको थियो ।

१३औं वरीयतामा मंगोलियालाई ३–१ को सेटमा पराजित गरेपनि नेपाल श्रीलंकासँग ३–१ कै सेटमा पराजित भएपछि १५ र १६औं वरीयताको प्रतिस्पर्धामा पुगेको थियो ।

नेपाल समुह चरणमा चाइनिज ताइपेई र दक्षिण कोरियासँग समान ३–० को सोझो सेटमा पराजित भएको थियो ।
नेपालले एसियाडमा मंगोलियाविरुद्ध मात्रै जित निकाल्न सफल भएको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.