7 years ago
August 31, 2018
न्यु योर्क (एजेन्सी) – सर्वियन नोभाक जोकोभिच र स्वीट्जरल्यान्डका रोजर फेडेरर युएस ओपनको टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
न्युयोर्कस्थित अर्थर एसे स्टेडियममा शुक्रबार बिहान भएको खेलमा विम्वलडन विजेता तथा छैटौं वरीयताका नोभाकले दोस्रो चरणमा अमेरिकी टिनिज सानग्रिनलाई ६–१, ६–३, ६–७ र ६–२ को सेटमा परापिजत गर्दै तेस्रो चरणमा प्रवेश गरेका हुन् ।
शुक्रबार बिहानै भएको दोस्रो चरणको खेलमा फ्रान्सका बेनोइट पेरेलाई हराएर फेडेररले तेस्रो चरणको यात्रा तय गरेका छन् । पाँच पटकको युएस ओपन च्याम्पियन तथा २० पटकको ग्राण्डस्लाम च्याम्पियन फेडेररले पेरेलाई ७–५,६–४ र ६–४ ले पराजित गर्दै तेस्रो चरणमा स्थान बनाए ।
पुरुषतर्फ शीर्ष वरीयताका राफेल नाडाल र केइ निशिकोरीले पनि तेस्रो चरणमा स्थान पक्का गरेका छन् ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]