7 years ago
August 30, 2018
जाकार्ता (हाम्रो खेलकुद) – एसियन गेम्समा अन्र्तगतको जुडोमा नेपालले खराव प्रदर्शन गरेको छ । बुधबार पहिलो दिन इन्द्र बहादुर श्रेष्ठ र देविका खड्का पराजित हुदा बिहिबार तीन खेलाडी पराजित भएको हो ।
जेसीसी प्लेनरी हलमा बिहिबार भएको खेलमा दक्षिण एसियायली खेलकुद (साग) की स्वर्णधारी तथा ओलम्पियन फूपुल्हामु खत्री पराजित भएकै दिन पदकको अपेक्षा गरिएको मनिता श्रेष्ठ प्रधान र सन्जित डंगोल पनि पराजित भएको हो ।
महिला ५७ केजी तौलसमूह मुनि मनिता राउन्ड अफ ३२ को खेलमा भियतनामकी थि विच न्युगेनसँग १०–१ ले पराजित भइन् । मनितचाले २ सिदो र एक इप्पोन (नकआउट) पाइन् । ४४ सेकेन्डमै मनिताले सिदोबाट एक अंक जोडेकी थिइन् । तर, त्यसपछि उनी खेलमा टिक्न सकिनन् ।
पुरुष ७३ केजी मुनिको राउन्ड अफ ३२ को खेलमा नेपालका सन्जित डंगोल साउदी अरबका सुलैमान फाहाद हमादसँग १०–० ले निराश भए । सन्जित हमादसँग १ मिनेट ३३ सेकेन्ड मात्रै टिके ।
बिहिबार बिहानै फूपु आयोजक इन्डोनेसियाकी युली अर्डिलिया फार्दिफ्थासँग अन्तिम १६ मा १–० ले पराजित भएकी हुन् । खेलको ३० सेकेन्डमा युलीले वाजारी अंक प्राप्त गरेकी थिइन् । आयोजककी खेलाडीले रक्षात्मक खेल्दै प्राप्त अंकलाई जोगाएकी थिइन् ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]