7 years ago
August 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषदको ५५औं बार्षिकोत्सवको अवसरमा बिविध कार्यक्रम सहित बार्षिकोत्सव सप्ताह बुधबारबाट सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदले बार्षिकोत्सव प्रत्येक साल भाद्र १३ गते बाट एक हप्ता मनाउने गर्दछ ।
एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव उपेन्द्र पौडेल र सदस्य गंगाबहादुर थापा मगरले संयुक्त रुपमा बेलुन उडाएर सप्ताहको उद्घाटन गरे ।
सप्ताह अन्तरगत कर्मचारीहरुकाविच म्युजिकल चेयर, ब्याडमिन्टन र टेबल टेनिस पुरुष÷महिला युगल तथा तान डोरी प्रतियोगिताको आयोजना गरिने भएको छ ।
बुधबारनै सम्पन्न भएको म्युजिकल चेयरमा पुरुष तर्फ नारायणहरि थापा प्रथम भएका छन् । दोश्रो स्थानमा पासाङ्ग फिन्जि शेर्पा, तेश्रो स्थानमा सुनिल दाहाल, चौथो स्थानमा दूर्गाबहादुर थापा र पाँचौ स्थानमा फणिन्द्र पछाई रहे । यस्तै महिला तर्फ पहिलो स्थानमा शकुन्तला नगरकोटी, दोश्रो स्थानमा माया कार्की, तृतिय स्थानमा रश्मी शाक्य, चौथो स्थानमा रिता पाण्डे तथा पाँचौ स्थानमा पवित्रा पराजुली रहेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]