7 years ago
August 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आजबाट शुरु भएको एसीसी एसिया कप छनोटको आफ्नो पहिलो खेलमा नेपालले ओमनलाई २ सय २२ रनको विजयी लक्ष्य दिएको छ ।
क्वालालम्पुरस्थित बायुमास ओभरमा भएको खेलमा नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै ९ विकेट गुमाएर २ सय २१ रनको सम्मानजनक योगफल तयार पारेको हो । नेपालको सम्मानजनक योगफलमा राष्ट्रिय टिममा पूनरागमन गरेका सागर पुनले ८३ रनको योगदान दिए ।
औसत शुरुवात गरेको नेपालका लागि सागरले ८४ बलमा ६ चौका र २ छक्का प्रहार गरे । ओपनर ज्ञानेन्द्र मल्लल ४५ रन जोडे । आरिफ शेख ३६ रनमा आउट हुदा तथा करण केसी २६ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले राम्रो खेलन सकेन । ओपनर सुबास खकुरेल ४, कप्तान पारस खड्का ८, दीपेन्द्रसंह ऐरीले मात्र ९ रन जोड्न सके । सोमपाल कामीले ५ रन बनाए । रोहितकुमार पौडेल शुन्य रनमा आउट भए ।
ओमानका अजय लालचेटा, मोहम्मद नदिम र विलाल खानले समान २ विकेट लिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]