7 years ago
August 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जुम्लाका धिरज बुढा र प्युठानकी भुमि बुढामगरले दोस्रो संस्करणको पाँचपोखरी हाफ म्याराथनको उपाधि जितेका छन् ।
पर्यटकीय नगरी सिन्धुपाल्चोकमा भएको हाफ म्याराथनको पुरुषतर्फ जुम्लाका धिरज बुढाले निर्धारित २४ किलोमिटर दुरी दूरी २ घण्टा ९ मिनेट ५३ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । ओखलढुङगाका सुवास कार्कीले २ घण्टा २४ मिनेट २१ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो र सोलुका सुमन कुलुङ राईले २ घण्टा २५ मिनेट ४ सेकेन्डमा दौड पूरा गरि तेस्रो स्थान हात पारे ।
महिलातर्फ पहिलो भएकी प्युठानकी भूमि बुढा मगर निर्धारित २४ किलोमिटर दुरी ३ घण्टा ७ मिनेट ५८ सेकेन्डमा दौड पुरा गरिन् । सिन्धुपाल्चोककी प्रिया तामाङले ३ घण्टा १३ मिनेट २६ सेकेन्ड दौड पुरा गर्दै दोस्रो हुन सफल भइन् । धादिङकी रसिला तामाङले ३ घण्टा १३ मिनेट ४६ सेकेन्डमा दौड पुरा गर्दै तेस्रो स्थान हात पारिन् ।
पुरुष र महिला दुबैतर्फको विजेताले जनही ५० हजार रुपैया प्राप्त गरे । महिला पुरुषको दुवै तर्फको दोस्रो र तेस्रो भएकाले समान ३० हजार र २० हजार प्राप्त गरे ।
आयोजकले सिन्धुपाल्चोकतर्फ छुट्दै मूल्यांकन गरी पुरस्कृत गरिएको थियो । जसअनुसार पुरुषतर्फबाट जुगल गाउँपालिकाका मानबहादुुर तामाङ पहिलो, भोताङका फुर्बासिसह तामाङ दोस्रो र भोताङकै जितबहादुर तामाङ तेस्रो भए । महिला तर्फ थकनीकी प्रिया तामाङ पहिलो, भोताङकी ल्हाबुटि लामा दोस्रो र भोताकी खेन्डो लामा तेस्रो हुन सफल भए । पहिलो, दोस्रो र तेस्रो हुनेलाइ क्रमशः १० हजार ७ हजार र ५ हजार प्रदान गरिएको छ ।
विजयी खेलाडीलाई पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले पुरस्कृत गरेका थिए ।
हाफ म्याराथनमा ४ विदेशिसहित १०९ जना खेलाडीको सहभागिता रहेको थियो । हाफ म्याराथन गत भदौ १० गते भएको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]