9 years ago
February 22, 2016
दिपक बोहोरा ,पाँचथर
हिउद लागे संगै पाँचथरको गाउँ गाउँमा फुटबल खेल आयोजना सुरु हुन थालेका छन । स्थानिय स्तरमा खुलेका विभिन्न क्लबहरुले फुटबल खेल आयोजना गर्ने गरेका छन । गाउँघरमा लाग्ने मेलाबजारको मुख्य आर्कषण नै फुटबल खेल हुने गरेको छ । स्थानिय क्लबहरुले आयोजना गर्ने यस्ता खेलको पुरस्कार पनि निकै आर्कषक हुने गरेको छ । गाउँ गाउँमा आयोजना हुने यस्ता फुटबल खेलको पुुुरस्कार एक लाख सम्मका हुने गरेको छ । पचास हजार सम्मका खेलहरु त अनगिन्ती रुपमा हुने गरेका छन । स्थानिय स्तरमा हुने गरेका खेलहरु भए पनि निकै नाम चलेका खेलाडिहरु पनि आउने हुदा ति खेलहरु निकै चर्चा हुने गरेका छन ।
हिउद लागे संगै गाउँका स्थानिय क्लबहरु लाई फुटबल खेल्न भ्याइ नभ्याइ हुने गरेको सदरमुकामबाट दक्षिणमा पर्ने सराङ डाडा गा.वि.समा रहेको आरोहण क्लबका सचिब सुर्य आङदेम्बे बताउनु हुन्छ । यस्ता खेलहरुले स्थानिय खेलाडि उत्पादनमा सहयोग गर्ने गरेको स्थानिय आयोजकहरु बताउछन । वर्ष भरी असङख्यरुपमा यस्ता खेलहरु आयोजना भए पनि स्थानिय क्लबहरु खेल सञ्चालन गर्न समस्या रहदै आएको छ । स्थानिय क्लबहरुको दिगो आर्थिक श्रोतनभएको हुदा खेललाई टिकाइ राख्न समस्या रहदै आएको छ । खेलको खर्च कसरी धान्दै आउनु भएको छ भन्ने प्रश्नमा स्थानिय स्तरमा चन्दा उठाएर बैदेशिक रोजगारमा गएका ब्यक्तिहरुलाई सहयोग मागेर खेल सञ्चालन गर्नु परेको आयोजकहरु बताउछन ।
स्थानिय स्तरमामात्र होइन । जिल्लामा हुने गरेको जिल्लाकै ठुलो फाल्गुनन्द गोल्डकपमा पनि पहिलो र दोश्रो पुरस्कार बिदेशमा बस्ने पाँचथरे युुवाहरुले पठाउने गरेकाछन । स्थानिय स्तरमा सञ्चालन हुने यस्ता फुटबलहरुले नेपाली फुटबलमा धेरै नै सहयोग गरे पनि वर्षै पिच्छे आयोजना गर्न समस्या हुने गरेको आयोजकहरु बताउछन । अरुको भरमा खेल आयोजना गर्नु पर्ने भएकाले कुनै कुनै वर्ष खेल रोक्नु परेको आरोहण क्लबका सचिब आङदेम्बे बताउनु हुन्छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]