7 years ago
August 28, 2018
जाकार्ता (हाम्रो खेलकुद)- नेपाली तीब्र गतिका धावक यामसाजन सुनारले चोटका कारण पूरुष २०० मिटर दौडमा अनुपस्थित रहेका छन् ।
जेरोला बुङकार्नोमा मंगलबार बिहानको लागि तय भएको पुरुष २०० मिटर दौडमा हिट नम्बर ४ को सूचीमा यामसाजनको नाम रहेपनि मांशपेशीको दुखाईका कारण रेस त्याग्नु परेको हाम्रो खेलकुदलाई जानकारी दिए । यामसाजनको २०० मिटरमा भने २१.७५ सेकेन्डको टाइमिङ छ ।
शनिबार १०० मिटर प्रतिस्पर्धा गरेका यामसाजनले मस्कल पेन भएको थियो । उनले १०० मिटरको हिट चरणमा ११.३९ सेकेन्डबाट दौड पूरा गरेका थिए ।
इन्चोन एसियाडसमेत खेलेका उनले १२ औं दक्षिण एसियाली खेलकुदमा २२.३१ सेकेन्डबाट दौड पूरा गरेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]