6 years ago
August 27, 2018
दीपक न्यौपाने
जाकार्ता – एथलेटिक्सकी सरस्वती भट्टराईले आफ्नो प्रदर्शनमा सुधार गरेकी छन् । जिबिके मेन स्टेडियममा सोमबार बिहान भएको ८०० मिटरको महिला स्पर्धाको हिट चरणमा सरस्वतीले आफ्नो प्रदर्शनमा सुधार गरेकी हुन् ।
सरस्वतीले निर्धारित दुरी २ मिनेट १२.८५ सेकन्डमा पुरा गरिन् । यसअघि यो सिजन सरस्वतीले २०१७ को एसियन च्याम्पियनसिपमा २ मिनेट १३.९९ सेकेन्डमा दुरी पुरा गरेको थियो ।
तेस्रो हिटमा प्रतिस्पर्धा गरेकी सरस्वती आफ्नो हिटमा छैटौ भएपनि समग्रमा १३औं स्थानमा आइन् । उनले सात प्रतिस्पर्धीलाई पछि पारिन् ।
November 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओमान राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान जिशान मक्शुदलाई कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अनुबन्ध गरेको छ । आइतबार कर्णालीले विदेशी खेलाडीका रुपमा मक्शुदलाई टोलीमा अनुबन्ध गराएको सामाजिक संजाल मार्फत सार्वजनिक गरेको छ । विदेशी खेलाडीमा कर्णालीले पाकिस्तानका हुसैन तलत, हङकङका बाबर हायात, वेस्ट इन्डिजका चाडविक वाल्टन तथा […]
November 23, 2024
एजेन्सी – इङ्लिस प्रिमियर लिगमा शनिवार चेल्सीले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ। निकोलस ज्याक्सन र एन्जो फर्नान्डेजको गोल चेल्सी विजयी भएको हो। प्रिमियर लिगमा चेल्सीको यो सिजनमा यो छैटौं जित हो। किङ्स पावर स्टेडियममा चेल्सीले सुरुआतदेखि नै घरेलु टाेली लेस्टरमाथि दबदबा कायम राखेको थियो। १५औं मिनेटमै फर्नान्डेजकै क्रसमा ज्याक्सनको गोलमा चेल्सी अग्रता लियो । ७५औं मिनेटमा […]
November 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल २८औं संस्करणको यु-२१ तर्फको उपाधि विजेता नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य स्वदेश फर्किएका छन्। सदभावलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले तथा संघका पदाधिकारीहरुले स्वागत गरे। नेपाली खेलाडीले फाल्डो सिरिज अन्तर्गत ग्रान्ड फाइनलमा […]