7 years ago
August 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ संस्करणको गोदावारी रनिङ दुई सातापछि हुने भएको छ । आयोजक बेसक्याम्प आउटडोर लाइफस्टाइलले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पाँचौ संस्करणको गोदावारी रनिङ फेस्टिबल भदौ २घ गते शनिबार गोदावारीमा हुने जानकारी गराएको हो ।
रनिङ फेस्टिबलमा विभिन्न पाँच विधामा प्रतिस्पर्धा हुने इभेन्ट निर्देशक परेश श्रेष्ठले जानकारी गराए । उनका अनुसार दि नर्थ फेस ५ किलोमिटर यति रन, दि नर्थ फेस ५० किलोमिटर अल्ट्रा दौड, सुनोटो ३० किलोमिटर ट्रेल रेस, ला स्पोर्टिभा १५ किलोमिटर ट्रेल रेस र दि नर्थ फेस २ किलोमिटर किड्स यति रन हुनेछ । प्रतियोगितामा ३ सयको हारहारीमा सहभागिता रहने आयोजकले दावी गरेको छ ।
५० किलोमिटर अल्ट्रा रेस गोदावारीबाट शुरु भएर विशंखुनारायण, कोर्ट डाडा, फुल्चोकी हुदै गोदावारी आएर टुंगिने इभेन्ट म्यानेजर राजेश लामाले जानकारी दिए । रेसलाई व्यवस्थित गर्न नेपाली सेनाको भोलुन्टर राखिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ । एक दिने प्रतियोगिताको लागि करिव १० लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगितालाई पाङ्ग्रोले व्यवस्थापन गरेको छ ।दि नर्थ फेस र रेडबुलले मुख्य प्रायोजन छ । सुन्टो र ला स्पोर्टिभाले सह–प्रायोजन गरेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]