6 years ago
August 24, 2018
दिपक न्यौपाने
जाकार्ता – एसियाली खेलकुदको कुम्भमेला १८ औं संस्करणको एसियन गेम्सको आज एक साता पूरा भएको छ । एक सातामा नेपालले सहभागिता जनाएको २९ खेलमध्ये १८ खेलमा प्रतिस्पर्धा गरिसक्दा ११ खेलमा नेपालको पदकको सम्भावना सकिएको छ । पदकको अपेक्षा गरिएको तेक्वान्दोले यसपटक निराश बनायो ।
फुटबल, उसु, तेक्वान्दो, सुटिङ, पेनकेक सेलात, कबड्डी, साइक्लिङि, कुस्ती, ब्याडमिन्टन, पौडी र भलिबलमा नेपालको सम्भावना सकिएको छ । नेपालले अब महिला बक्सिङ र करातेबाट पदकको अपेक्षा राखेको छ ।
एसियाडको सातौ दिनको परिणामहरु
रत्नजित र विकास पराजित
इन्डोनेसियमा भइरहेको १८ औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको पुरुष सिंगल्समा नेपालका रत्नजित तामाङ र विकास श्रेष्ठ शुक्रबार पराजित भएका छन् । रत्नजित दक्षिण कोरियाका खेलाडीसंग २१–८ र २१–११ तथा विकास जापानका खेलाडीसंग २१–९ र २१–१० को सोझो सेटमा पराजित भए । महिला डबल्समा नेपालका अमिता गिरी र रशिला महर्जनको जोडीलाई दक्षिण कोरियाली जोडीले २१–७ र २१–१ ले सहजै हराए । नेपालले शनिबार दुई स्पर्धामा प्रतिस्पर्धा गर्नेछ । महिला सिंगल्समा नेपालकी नङशल तामाङले जापान तथा पुरुष डबल्समा नेपालका विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडीले इन्डोनेसियाका खेलाडी विरुद्ध खेल्नेछन् ।
पौडीः बनेन राष्ट्रिय कीर्तिमान
पौडीमा नेपाली खेलाडीले कुनै पनि स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाउन सकेनन् । नेपालबाट ४ खेलाडी सहभागी थिए । सबैको चुनौती समाप्त भइसकेको छ । चारै खेलाडी हिट चरणबाटै बाहिरिए ।
शुक्रबार ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । गौरिका सिंह र टीसा शाक्य ५० मिटर फ्रिस्टायलमा क्रमशः २१ औं र २३ औं स्थानमा रहे । निर्धारित दूरी गौरिकाले २८.५० तथा टीसाले २९.६१ सेकेन्डमा पूरा गरे । ३१ खेलाडीले सहभागिता जनाएका थिए । पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा नेपालका शुभम् श्रेष्ठ सहभागी ३६ मध्ये ३२ औं भए । उनले निर्धारित दूरी तय गर्न ३२.४५ सेकेन्ड समय खर्चे । शिरिषको स्पर्धा यसअघि नै सम्पन्न भइसकेको छ ।
भलिबलः नेपाल पराजित
पुरुष भलिबलमा नेपाल पराजित भएको छ । समूह ‘सी’ को लिगमा नेपाल दक्षिण कोरियासंग २५–१६, २५–१३ र २५–१४ को सोझो सेटमा पराजित भयो । नेपाल यसअघि चाइनिज ताइपेईंसं पनि ३–० को सोझो सेटमा पराजित भएको थियो । पुरुष भलिबलमा २० राष्ट्र सहाभागी छन् ।
स्पोर्ट क्लाइम्बिङ
पालेम्वाङमा भएको स्पोर्ट क्लाइम्बिङको पुरुष बोल्डरिङको छनोट चरणमा नेपालका प्रणीलमान श्रेष्ठ र पेम्बा शेर्पा बाहिरिएका छन् । दुवै खेलाडी समग्रमा २१ औं स्थानमा रहे । यसअघि प्रणील र पेम्बा पुरुष स्पिड्स र पुरुष कम्बाइनको छनोट चरणबाटै बाहिरिएका थिए । अब नेपालले शनिबार पुरुष कम्बाइन लिडको छनोट चरणमा प्रतिस्पर्धा गर्नेछ ।
आर्चरी: मिक्स टिममा पराजय
आर्चरीको रिकर्भ मिक्स टिम इभेन्टमा नेपाल पराजित भएको छ । नेपाल किर्गिस्तानसंग ५–४ ले पराजित भयो । नेपालबाट तिलक पुन मगर र ज्ञानु अवालेले प्रतिस्पर्धा गरेका थिए । नेपालले शनिबार पुरुष रिकर्भ टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । नेपाली टिममा तिलक पुन मगर, रोशन नगरकोटी र मिनप्रसाद गौचन छन् ।
बास्केटबलः नेपाल चौथो
पुरुष थ्री बाइ थ्री बास्केटबलको समूह चरणको खेलमा नेपाल चौथो भएको छ । ६ राष्ट्र सहभागी समूह ‘सी’ को खेलमा शुक्रबार नेपालले १ मा वाक ओभर, १ मा जित र १ मा हारको सामना ग¥यो । नेपालले माल्दिभ्सबाट वाक ओभर पायो । नेपालले जोर्डनलाई २१–१० ले पराजित ग¥यो । नेपालको जितमा आशिष बस्नेतले सर्वाधिक १३ अंक योगदान गरे । सिरिया विरुद्ध नेपाल २१–१९ ले पछि प¥यो । आशिषले नै सर्वाधिक स्कोर गर्ने क्रममा ९ अंक बटुले । त्यसअघि नेपाल कतार र जापानसंग पराजित भएको थियो । थ्री बाइ थ्रीअन्तर्गत महिलामा नेपालले शनिबार जापान र मंगोलिया विरुद्ध खेल्नेछ ।
फेन्सिङः फोइल टिममा पराजय
फेन्सिङतर्फ पुरुष फोइल टिममा नेपालले हार व्यहोरेको छ । नेपाल फिलिपिन्संग ४५–३ को फराकिलो अन्तरले पछि प¥यो । नेपालबाट राजनराज खड्का, महेशप्रसाद भाट, सन्जिप लामा र शेरसिंह ऐरीले खेलेका थिए ।
गल्फः
गल्फको पुरुष व्यक्तिगत स्पर्धाको दोस्रो चरणसम्म नेपालका शुक्रबहादुर राई संयुक्त रुपमा ५५ औं स्थानमा छन् । ५५औं स्थानमा सिंगापुर, बंगलादेश र कतारका खेलाडी पनि छन् । टंक कार्की युएई, ब्रुनाइ र बंगलादेशका खेलाडीसंगै संयुक्त रुपमा ६२ औं स्थानमा छन् । यस्तै अजित विके ७४ औं स्थानमा छन् भने पृथ्वी मल्ल संयुक्त रुपमा ७८ औं स्थानमा छन्। ७८औं स्थानमा उज्वेकिस्तानका खेलाडी पनि छन् । यो स्पर्धामा ८७ खेलाडी सहभागी छन् ।
गल्फको पुरुष टिम इभेन्टमा नेपाल १७ औं स्थानमा छ । यो स्पर्धामा २० टिमले भाग लिएका छन् । गल्फ आइतबारसम्म जारी रहनेछ ।
बक्सिङः संगीता पराजित
बक्सिङको पहिलो दिन एक नेपाली खेलाडीले मात्र प्रतिस्पर्धा गरिन् । महिला ५७ केजीमा नेपालकी संगीता सुनारलाई ५–० ले पराजित गर्दै थाइल्यान्डकी निलावान क्वाटरफाइनलमा प्रवेश गरिन् । बक्सिङमा नेपालबाट ५ पुरुष र ३ महिला गरी ८ खेलाडी सहभागी छन् । शनिबार तेजबहादुर देउवाले पुरुष ४९ केजी, भुपेन्द्र गुरुङले पुरुष ६४ केजी र पुनम रावलले महिला ६० केजीमा प्रतिस्पर्धा गर्नेछन् । बक्सिङ टोली थाइल्यान्डमा ४५ दिनको वैदेशिक प्रशिक्षणपछि त्यत्तैबाट एसियाडमा सहभागी हुन इन्डोनेसिया आएको हो ।
January 18, 2025
सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका चन्द्र कुवँर र सफल विकको जोडीआठौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। एपिएफका बलिराम चौधरी र रमेश विकको जोडीलाई शनिवार २-१ सेटमा हराउँदै पुलिसको जोडीले उपाधि जितेको हो । सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटेस्थित भोटेकोशी बिच रिसोर्ट चन्द्र र सफलको जोडी १८-२१,२१-१४, १५-८ ले विजयी भएको हो […]
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड र एपिएफ क्लब विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको पहिलो खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई ४-१ ले हराएको हो। दोस्रो खेलमा एपिएफले एफसी खुमलटारलाई ३-० ले पराजित गरेको हो ।
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णालीमा चैतमा हुने भनिएको दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीवार बसेको १ सय १९ औं बोर्डले दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गरेको राखेपले जनाएको छ। सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा बसेको बैठकले लोगो र मस्कट […]