default_image

7 years ago

August 22, 2018

एसियाड लन टेनिसः महिला डबल्समा नेपाल जापानसँग पराजित

147 views

0 Bookmark

दीपक न्यौपाने जाकार्ता – इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा जारी १८ औं एसियन गेम्स (एसियाड) अन्र्तगतको लन टेनिसको महिला डबल्सको प्रि–क्वाटरफाइनलमा नेपाल जापानसँग पराजित भएको छ ।

जे एससी टेनिस कोर्टमा बुधबार भएको महिला डबल्समा जुम्ल्याहा दिदी बहिनी मायांका राणा र माहिका राणा जापानकी मायुका उचिजिमा र इरिना हायासीसँग ६–० र ६–० को सोझो सेटमा पराजित भएकी हुन् ।

नेपालले अन्तिम ३२ मा भुटानलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो । यससँगै एसियाडमा लन टेनिसबाट नेपालको चुनौती समाप्त भएको छ ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.