7 years ago
August 19, 2018
जकार्ता (हाम्रो खेलकुद) – १८औं एसियाडको पहिलो दिन नेपालले फितलो प्रदर्शन गरेको छ । इन्डोनेसियको जकार्ता र पालेङवाङमा जारी खेलको प्रतियोगिताको दोस्रो दिन नेपालले विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा गर्दा ब्याडमिन्टनबाहेक अन्य खेलमा प्रदर्शन निकै फितलो बन्यो ।
पुरुष ब्याडमिन्टनको टिम स्पर्धामा नेपालले पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दा महिला टिम भने पराजित हुन पुग्यो ।
कुस्तीमा नेपालको चुनौती समाप्तः
कुस्तीमा नेपालको चुनौती समाप्त भएको छ । कुस्तीमा नेपालबाट ३ पुरुष खेलाडीले भाग लिएका थिए । आइतबार तीनै खेलाडीको पराजयसंगै नेपालको चुनौती समाप्त भएको हो ।
५७ केजीमा भागवत शाह तेली इरान, ७५ केजीमा सुरेश चुनारा जापान तथा ६५ केजीमा सरोज यादव मंगोलियाका खेलाडीसंग पहिलो चरणमै पराजित भए । तीनै खेलाडी १०–० ले पराजित भए ।
तेक्वान्दोः
तेक्वान्दोको व्यक्तिगत पुम्सेतर्फ पुरुषमा नेपालका कमल श्रेष्ठ र महिलामा पार्वती गुरुङ पराजित भएका छन् । कमल र पार्वती दुवै चाइनिज ताईपेईंका खेलाडीसंग चुके ।
महिला टिम पुम्सेको क्वाटरफाइनलमा पनि नेपाल चाइनिज ताइपेईंसंग पछि प¥यो । त्यसअघि उज्वेकिस्तान टोली डिस्क्वालिफाइ घोषित भएपछि नेपाल क्वाटरफाइनलमा सीधै प्रवेश गरेको थियो ।
सोमबार महिला ५३ केजीमुनि निमा गुरुङ, ६७ केजीमुनि संगीता बस्याल र पुरुष ५८ केजीमुनि सागर गुभाजुले प्रतिस्पर्धा गर्नेछन् ।
सुटिङः
नेपालले मिक्स टिम इभेन्टमा समग्रमा २२ औं स्थान हासिल गरेको छ । २२ राष्ट्रका खेलाडी सहभागी मिक्स टिम इभेन्टमा सुस्मिता नेपाल र सुशे चौधरीले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेका थिए ।
४३६ पुर्णाङ्कमा सुस्मिताले ४०३.५ र सुशे चौधरीले ३७२.९ अंकको प्रदर्शन गरे । अब सुस्मिता र सुशेसहित कल्पना परियारले व्यक्तिगत १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछन् ।
कबड्डीः
पुरुष कबड्डीको समूह ‘बी’ को लिग खेलमा आयोजक राष्ट्र इन्डोनेसियाले नेपाललाई ३३–२९ ले हरायो । ११ राष्ट्र सहभागी पुरुष कबड्डीको समूह ‘बी’ मा नेपाल, इन्डोनेसियासहित जापान, इरान, मलेसिया र पाकिस्तान छन् । नेपालले मंगलबार जापान, बुधबार इरान र मलेसिया तथा अगष्ट २३ तारिखमा पाकिस्तान विरुद्ध खेल्ने कबड्डी मुख्य प्रशिक्षक तारासिंह भाटले जानकारी दिए ।
फुटबलः
पुरुष फुटबलमा नेपाल समूह चरण बाटै बाहिरिएको छ । समूह ‘डि’ को आफ्नो अन्तिम खेलमा नेपाली यु–२३ टोली पाकिस्तानको यु–२३ टोलीसंग २–१ गोलले पराजित भयो । चार राष्ट्र रहेको उक्त समूहमा नेपाल यसअघि जापानसंग १–० र भियतनामसंग २–० गोलले पराजित भएको थियो ।
फेन्सिङः
फेन्सिङमा आइतबार दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिलाको साबर स्पर्धामा कमला श्रेष्ठ र रविना थापा पराजित भए ।
लनटेनिसः
लनटेनिसको पुरुष सिंगल्समा नेपालका संरक्षकभूषण वज्राचार्य आयोजक इन्डोनेसियासंग २–६ र २–६ तथा अभिषेक बाँस्तोला भियतनामसंग ६–१, ३–६ र ३–६ को सेटमा पराजित भए । महिला सिंगल्समा भियतनामले माहिका राणालाई ६–० र ६–१ त्था हङकङले मायांका राणालाई ६–० र ६–१ को सोझो सेटमा पाखा लगाए ।
मिक्स डबल्समा पनि माहिका राणा र प्रणव खनालको जोडी ६–० र ६–१ तथा संरक्षक र एनी माथेमाको जोडी ६–१ र ६–० को सीधा सेटमा पराजित भए । दुवै जोडी हंङकङका खेलाडीसंग चुके ।
उसुः
पुरुष थाउलोको छान् छ्वानमा नेपालका विजयी सिन्जालीले ८.२५ अंक जोड्दै समग्रमा १५ औं स्थान हासिल गरे । यो स्पर्धामा १८ खेलाडी सहभागी थिए ।
निमा घर्ती मगर १२ खेलाडी सहभागी नान् छ्वानमा १० औं स्थानमा आइन् । निमाले नान् ताउ भने सोमबार प्रतिस्पर्धा गर्नेछिन् ।
महिला सान्सौंको ५२ केजीमा नेपालकी जुनी राई भियतनाम, पुरुष ६० केजीमा नेपालका मंगलप्रसाद थारु इन्डोनेसिया तथा पुरुष ७० केजीमा नेपालका चित्रसिंह ठकुरी दक्षिण कोरियाका खेलाडीसंग पराजित भए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]