default_image

7 years ago

August 20, 2018

‘हाजार्ड कतै जाँदैनन्’ – चेल्सी प्रशिक्षक सार्री

102 views

0 Bookmark

लन्डन (एजेन्सी) – रियल म्याड्रिडले क्रिस्टियानो रोनाल्डो युभेन्ट्स लागेसँगै २७ बर्षीय एडेन हजार्डलाई म्याड्रिडमा ल्याउने लक्ष्य राखेको थियो  । चेल्सीका प्रशिक्षक मौरिजियो सार्रिले भने रियल म्याड्रिडले चेल्सीबाट गोलरक्षक र विंगरलाई लिन चाहेकोमा हजार्डलाई टोलीबाट बाहिरिन नदिने भनाई राखेका हुन् ।

इटालियन प्रशिक्षकले आफुलाई हाजार्डले टोली छाड्ने विषयले चिन्ता लागेपनि अब भने प्रिमियर लिगको टोलीका लागि ट्रान्सफर विन्डो बन्द भैसकेकाले हजार्ड चेल्सीमा नै रहने बताएका हुन् । सार्रीले भने, ‘मलाई यो समस्याका विषयमा चिन्ता लागेको थियो । तर मैले जब पहिलो पटक हाजार्डसँग कुराकानी गरें त्यस समय नै मलाइ लागेको थियो कि उनले टोली छाड्ने छैनन् । ‘

सार्रीले थपे, ‘मैले उनीसँग धेरै पटक कुरा गरेको छु तर उनले मलाई कहिलेपनि टोली छाड्ने कुरा गरेका छैनन् । त्यसैले म विश्वस्त छु कि हजार्ड यो सिजनमा हामीसँगै रहने छन्।’

उनले भने , ‘म किन विश्वस्त छु ? किनकि चेल्सी युरोपकै एक उत्कृष्ट क्लब हो र एक उत्कृष्ट क्लबले एक महत्वपूर्ण खेलाडीलाई त्यति सजिलै छाड्न सक्दैन। ‘

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.