default_image

7 years ago

August 19, 2018

रियल म्याड्रिड ट्रान्सफरमा किन सक्रिय छैन ?

113 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स प्रस्थान र जिनेदिन जिदानले पद त्यागेपछि रियल म्याड्रिडले आफ्नो टोलीलाई अझ सशक्त बनाउन नयाँ खेलाडी भित्र्याउनु अत्यावश्यक रहेको थियो । यसका लागि क्लबको खातामा अझैपनि ३०० मिलियन युरो बाँकी रहेको पनि बुझिएको छ । तैपनि रियलले कुनै खेलाडीसँग सम्झौता नगर्नुले समर्थहरु अन्यौलमा छन् ।

धेरैको आँकलन रियलले आफ्नो खाताको ३०० मिलियन युरो ब्राजिलियन स्टार नेयमारलाई जोगाएको बुझाइ रहेको छ । युईएफएले केहिदिनमा पीएसजीको ट्रान्सफर बारे गर्ने निर्णयले नेयमारको रियल ट्रान्सफरलाई अझ नजिक ल्याउन सक्छ । पेरिस सेन्ट जर्मनका केहि फाइल युइएफएले अध्ययन गरिरहेकाले समेत नयाँ ट्रान्सफरमा समय लागेको हो ।

“मार्सा” नामक अनलाइन पत्रिकाले गरेको अध्यन अनुसार युइएफएका कर्मचारीले फ्रेन्च क्लबको अडीट रिपोर्ट अध्यन गरिरहेका छन् र क्लबले प्रायोजनबाट पाएको रकमको अनुसन्धान गरिरहेका छन् । कतार बैंकले तिरेको रकमको विषयमा समेत कर्मचारीहरुले अध्ययन गरिरहेकाछन् र क्लबले पाएको धेरै रकम सोहि बैंकबाट आएको आशंका गरिएको छ । युइएफए कमिटिको निर्णय भने अगष्टको अन्तिम सम्ममा आउनेछ ।

पेरिस सेन्ट जर्मन र बार्सिलोनाले गत सिजनको तुलनामा तलबमा ८० % बढी वृद्धि गरेका थिए । उनीहरुले २०१७/१८ को सिजनमा खातामा कारोबार बराबर गर्नु पर्नेछ । पेरिस सेन्ट जर्मनले भने क्लबको सबै आर्थिक स्थिति सहि रहेको बताउँदै आएको छ । त्यससँगै पेरिस सेन्ट जर्मनले खेपिरहेको अर्को समस्या भनेको नेयमारको लगातार परिवर्तन हुने व्यवहार समेत हो । अर्को एक वर्षसम्म पेरिस सेन्ट जर्मनमा रहने उनको भनाइले उनीमाथि लागेका सबै बोली हटेका हुन् ।

यस्तो अवस्थामा पनि रियल म्याड्रिडले भने नेयमार बाहेक अन्य खेलाडीलाई भित्र्याउने प्रयास नै गरेको छैन । एटलेटिको विरुद्धको हारले अवस्था अझ जटिल बनेको छ । रोबर्ट लेवान्डोस्की, टिमो वेर्नेर, रोड्रीगो लगायतका खेलाडी समेत रियलले दिएको रकममा क्लबमा आउने निश्चित छैन ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.