default_image

7 years ago

August 20, 2018

एटलेटिकोले बार्सिलोना र रियललाई कसरि पछाडी पार्छ ?

90 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – धेरै हदसम्म ला-लिगा फुटबल बार्सिलोना र रियल म्याड्रिडको प्रतिस्पर्धाका रुपमा लिने गरिन्छ। तर केहि बर्ष यता एटलेटिको म्याड्रिड समेत उपाधि होडमा जोडिएको छ ।

सन् २०१३/१४ को सिजनमा एटलेटिको म्याड्रिडले ला-लिगा उपाधि हात पारेको थियो । त्यसयता भने लिगलाई बार्सिलोना र रियल म्याड्रिडले आफ्नो बनाएका छन् । तर यस वर्षभने केहि त्यस्ता कारण छन् जसले गर्दा ३ वटा टोली नै लिग उपाधिको होडमा रहने छन् । रियल म्याड्रिडलाई जिनेदिन जिदानेले छाडेपछि टोलीमा नयाँ स्वरूप बिकास भएको छ । रियलले आफ्ना सफल स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई समेत टोलीबाट हटाएको छ । उता बार्सिलोनाले भने केहि नयाँ खेलाडीहरु भिडाल, माल्कम, आर्थर जस्ता खेलाडीलाई भित्र्याएको छ ।

यी हुनसक्छन् ५ कारण जसले गर्दा एटलेटिको म्याड्रिडले रियल म्याड्रिड र बार्सिलोनालाई पछाडी छाड्न सक्छ :

१) डिएगो कोस्टाको उत्कृष्ट लय :

चेल्सीमा ३ बर्ष बिताएपछि कोस्टा अन्तिम सिजन म्याड्रिड फर्किएका थिए । तर ट्रान्सफर नियमका कारण उनी जनवरीसम्म उपलब्ध थिएनन् । लिगका सुरुवाती खेल्हारुमा एटलेटिकोलाई कोस्टाको अभाव खड्कीएको थियो । कोस्टा उपलब्ध हुँदासम्म म्याड्रिड लिगको उपाधि दौडबाट बाहिरिनै लागेको थियो भने च्याम्पियन्स लिगको समेत समुह चरणमा नै हार बेहोरिरहेको थियो । कोस्टा एक त्यस्ता प्रतिभा हुन् जसलाई हरेक टोलि चाहान्छ । उनी पूर्ण रुपमा फिट रहेका छन् र रियल बिरुद्ध सुपर कपमा उनको लयसमेत उत्कृस्ट देखिएको थियो ।

२) एन्टोइन् ग्रिजमनको उपस्थिति :

पछिल्ला केहि वर्ष यता ग्रिजमन एटलेटिको म्याड्रिडमा रहन नसक्ने बिषयमा कुरा बाहिरिंदै आएको छ । बार्सिलोनाले फ्रेन्च खेलाडीलाई आफ्नो टोलीमा लिने प्रयास गरेपनि ग्रिजमनले म्याड्रिडमा नै रहने निर्णय लिएका थिए ।

एटलेटिको म्याड्रिडको स्क्वाडमा रहेका सबै खेलाडीहरु मध्ये ग्रिजमन सम्भवतः सबैभन्दा प्रतिभाशाली खेलाडी हुन् । अर्का सहयोगी स्ट्राइकर नहुँदा ग्रिजमेनले अन्तिम सिजन केहि समस्या भोगेका थिए तर यसपटक भने उनको साथमा डिएगो कोस्टा भएकाले पनि म्याड्रिड यी दुईको जोडीबाट धेरै आशा गर्नेछ ।

३) युरोपकै उत्कृस्ट डिफेन्स :

राम्रो डिफेन्स सहितको टोलीभेट्न गाह्रो भएको अवस्थामा एथ्लेटिको म्याड्रिडले भने आफ्नो डिफेन्स कसिलो गरेको छ । म्याड्रिडको डिफेन्सले पछिल्लो ३ सिजनमा मात्र ६७ गोल खाएको छ । गत सिजन खराब प्रदर्शन गरेको रियल बेटिसले एकै सिजन ६१ गोल खाएको थियो ।

डिएगो गोडिन सहितको रक्षापंक्ति मजबुत रहेको छ । म्यानचेस्टर युनाईटेडले यो सिजन गोडिनलाई लिने प्रयास गरेपनि विफल बनेको थियो । स्टेफन साभिच र जोजे जिमेनेजले गोडिनलाई रक्षापंक्तिमा सहयोग गर्नेछन्।

४) डिएगो सिमिओनी रणनीति बनाउन माहिर छन् :

एटलेटिको म्याड्रिडसँग  विश्वकै उत्कृष्ट प्रशिक्षक मध्येका एक डिएगो रहेका छन्। सुपर कपमा रियल म्याड्रिडविरुद्ध प्राप्त जितपछि डिएगो अझ सफल बनेको धेरैको बुझाइ छ । उनको टोलीले बार्सिलोना र रियल म्याड्रिडले जस्तो फुटबल नखेलेपनि डिएगोलाई टोलीलाई जिताउन आउँछ । उनी एक रक्षात्मक म्यानेजर भएपनि उनको टोलीलाई रणनीतिक रुपमा सबल बनाउन माहिर छन् । विश्वका धेरै टोलीले डिएगोलाई आफ्नो टोलीको प्रशिक्षक बनाउन रुचाउनेछन् ।

५) बार्सिलोना र रियल म्याड्रिड पहिलेझैं मजबुत छैनन् :

पछिल्लो ३ सिजन लगातार च्याम्पियन्स लिगको विजेता बनेको रियल म्याड्रिड यस सिजनभने धेरै कम्जोर देखिएको छ। जुलेन लोपेटेगुईको प्रशिक्षणमा यसअघि अन्य टोली समेत धेरै सफल बनेका छैनन् । साथमा स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको अभाव समेत रियलमा खड्किने छ ।

बार्सिलोनाको हकमा समेत ठूला स्टार खेलाडी टोलीमा रहेपनि उनीहरु पहिले जस्तै मजबुत छैनन् । लियोनल मेसी र लुईस सुआरेज पहिलेको झैं खतरनाक नरहन सक्छन् । टोलीमा नयाँ खेलाडीको आगमन भएपनि उनीहरले कस्तो प्रदर्शन गर्छन भन्ने निश्चित छैन ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.