7 years ago
August 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले आज भिएतनामको सामना गर्दैछ । खेल विभाहा मुक्ति स्टेडियममा नोपली समयअनुसार ६ः३० बजेपछि शुरु हुनेछ ।
एसियन गेम्समा नेपाल र भिएतनामले पहिलोपटक खेल्न लागेको हो । सिनियर राष्ट्रिय टिममा भने नेपाल र भिएतनाम दुईपटक आमने समाने भैसकेका छन् । जसमा दुवैपटक भिएतनाम विजयी हुन सफल भएको थियो । २००३ को सेप्टेम्बरमा भएको एएफसी एसिया कप अन्तर्गतको दुई लेगको पहिलो खेलमा नेपाल ५–० ले तथा दोस्रो खेलमा २–० ले पराजित भएको थियो ।
पहिलो खेलमा एसियाली पावरहाउस जापानसँग १–० को सम्मानजनक हार बेहोरेको नेपाल भिएतनामविरुद्ध उच्च मनोवलका साथ मैदान उत्रने छ । पहिलो खेलमा जापानसँग पराजित भएपनि दोस्रो चरण प्रवेश गर्ने सम्भावना जीवित राख्न नेपाली युवा टोलीले आज भियतनामलाई रोक्ने योजनाका साथ मैदान उत्रनेछ । जापानविरुद्धको खेलमा नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले उच्च प्रदर्शन गरेका थिए । तर, बलियो भिएतनामलाई रोक्न त्यति सहज हुनेछैन । भियतनामले आफ्नो पहिलो खेलमा पाकिस्तानमाथि ३–० को सहज जित निकालेको थियो ।
नेपालविरुद्धजित या बराबरी निकाले भियतनाम एक खेल अगावै एसियाड फुटबलको दोस्रो चरणका पुग्नेछ । पराजयले भने अन्तिम खेल नै कुर्नुपर्ने हुन्छ ।
आजै जापान र पाकिस्तानबीच खेल हुनेछ । जापान विजयी भएको खण्डमा जापान दोस्रो चरण प्रवेश गर्नेछ । पाकिस्तान भने एक खेल अगावै समूह चरणबाट बाहिरिनेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।