7 years ago
August 15, 2018
इस्टोनिया (एजेन्सी) – रियल म्याड्रिड क्रिस्टियानो रोनाल्डो बिना आफ्नो पहिलो प्रतिद्वन्दी एटलेटिको मड्रिडसँग बुधबार साँझ युइएफए सुपर कपमा भिड्दै छ । रियल एटलेटिकोसँग पहिलो पटक युइएफए सुपर कपमा भिड्न लागको हो ।
यी दुई टोली युरोपियन प्रतिस्पर्धामा १० औं पटक आमनेसामने हुँदै छन् । तर, युइएफए सुपर कपमा भने दुबै टोलीको पहिलो पटक भेट हो । यस अघिका ९ ओटा खेलमा रियलले ५ खेलमा जित्दा दुई खेल गुमाएको थियो भने २ खेल बराबरी खेलेको थियो ।
रियलले युइएफए सुपर कपको उपाघि चार पटक जितेको छ भने एटलेटिकोले दुई पटक युइएफए सुपर कपको उपाधि जितेको छ । रियलले २००२, २०१४, २०१६ र २०१७ गरि चार पटक युइएफए सुपर कपको उपाघि जितेको हो । त्यस्तै एटलेटिकोले २०१० र २०१२ मा युइएफए सुपर कपको उपाधि जितेको थियो । यो खेल युइएफए च्याम्पियन्स लिग विजेता र युइएफए युरोपा लिग विजेताबीच हुने गर्दछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।