7 years ago
August 14, 2018
चितवन (हाम्रो खेलकुद)– विधान संसोधनमा केन्द्रित हुँदै अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा बुधबार चितवनको सौराहामा बस्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले विधान संसोधनको विषयलाई एजेन्डाबाट हटाउन निर्देशन दिएपनि त्यसलाई एन्फाले पूर्ण रुपमा भने स्वीकार नगर्ने देखिएको छ ।
विशेष साधारण सभाको अघिल्लो दिन साँझ बसेको केन्द्रिय समितिको बैठकले परिषद्को सुझावलाई ग्रहण गर्दै परिमार्जनसहितको विधान मस्यौदा साधारण सभामा निर्णयका लागि प्रस्तुत गर्ने निर्णय गरेको प्रवक्ता किरण राईले हाम्रो खेलकुदलाई जानकारी दिए । देश संघीय संरचनामा गएपछि त्यहि अनुसार आफ्नो ऐन–नियमहरु बनाइरहेका कारण एन्फालाई तत्काल संरचनागत विषयमा कुनै निर्णय नगर्न राखेपले निर्देशन दिएको थियो । एन्फाले अहिले विधान वा नियमावलीहरु बनाउने वा संसोधन गरे पनि पछि त्यो काम नलाग्न सक्ने राखेपको भनाई छ ।
‘राखेपको सुझावलाई ग्रहण गरेका छौं,’ प्रवक्ता राईले भने, ‘पछि राखेपको ऐनसँग बाझिने अवस्थामा स्वतः निक्रिय हुने गरि अघि बढ्ने तयारी छ ।’ एन्फाले प्रदेश तदर्थ समिति गठन, जिल्ला, क्लबको मताधिकारलगायतका विषय विशेष साधारण सभामा प्रस्तुत गर्ने तयारी गरिरहेको बताइएको छ । एन्फाले विशेष साधारण सभामा आर्थिक नियमावली, कर्मचारी नियमावली, एन्फा सञ्चालन नियमावली र एन्फाका अन्य अल्प र दीर्घकालियन योजना प्रस्तुत गर्ने तयारी गरेको राईले जानकारी दिए ।
विशेष साधारण सभामा एन्फाका सदस्य संस्थाबाट प्रत्येकबाट ३/३ जना गरि २ सय ३१ जना प्रतिनिधि रहेको छन् । जसमा ४५ जिल्ला, १४ ए डिभिजन क्लबका ३÷३ जना, ९ बी डिभिजन क्लबबाट ३/३, ५ सी डिभिजन क्लबबाट ३/३, चार समिति ( महिला, खेलाडी, प्रशिक्षक, रेफ्री) बाट ३/३ जना प्रतिनिधिले भाग लिनेछन् । प्रतिनिधि, एन्फा केन्द्रिय समिति, मनार्थ पदाधिकारी र अन्य परिवक्षेक गरि झन्डै ३ सय जनाले विशेष साधारण सभामा भाग लिने प्रवक्ता राईले जानकारी दिए । सभाका लागि एएफसीको प्रतिनिधि मण्डल पनि चितवन आइसकेको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।