7 years ago
August 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियाको जाकार्ता र पालेङवाङ एसियाडमा सहभागी हुन नेपाली सुटिङ टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने भएको छ । भोली इन्डोनेसिया प्रस्थान गर्ने ६ सदस्यीय नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट र नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले बिदाई गरे ।
खेलाडीहरुमा सुस्मिता नेपाल, कल्पना परियार र सुसे चौधरी छन् । मुख्य प्रशिक्षकमा प्रदीप खाती र प्रशिक्षकमा सकुन्तला श्रेष्ठ छन् । टिम म्यानेजर ध्रुव बहादुर रायमाझी छन् ।
खेलाडीलाई बिदाई गर्दै राखेपका सदस्य सचिव केशव कुमार विष्टले एसियन गेम्समा सकेसम्म पदक जित्ने लक्ष्यका साथ खेल्न आग्रह गरे । नेपाल सुटिङ संघका अध्यक्ष पुस्प दास श्रेष्ठले तालिका अनुसार तयारी गर्ने तयारी गरिरहँदा सातदोबाटो सुटिङ रेन्ज पुर्ननिर्माणका लागि भत्काइएपछि प्रशिक्षण प्रभाभित बनेको बताए ।
मुख्य प्रशिक्षक प्रदीप खातीले एसियाडमा पदक जित्न गाह्रो हुने बताउदै सकेसम्म राम्रो खेल्ने प्रयास गर्ने बताए । ‘नेपालमा विधुतीय प्रविधि नरहेका कारण हाम्रो तयारी सोचेजस्तो हुन सकेन । जित्नै कमै हाशा छ । सकेसम्म राम्रो खेल्ने प्रयास गर्नेछौं ।’ मुख्य प्रशिक्षक खातीले भने, ‘मुख्य लक्ष्य ६०० स्कोर गर्ने रहेको छ । विधुतीय प्रविधि नहुदा नेपालीहरुको लागि यो स्कोर नै राम्रो हुनेछ । खेलाडीहरुले त्यही अनुरुप तयारी गरिहेका छन् ।
युवा प्रतिभा सुस्मिता नेपालले मापदण्ड अनुसार तयारी गर्न नपाएपनि सकेसम्म राम्रो प्रदर्शन गर्ने बताईन् । ‘सातदोबाटोको सुटिङ रेन्ज पुर्ननिर्माणका क्रममा रहेका कारण हामील सानो रेन्ज भएको पुलिस एकेडेमीमा प्रशिक्षण ग¥यौं । यो हाम्रो तयारीमा पर्याप्त रहेन ।’ खेलाडी नेपालले भनिन्, ‘एसियाडमा डिजिटल प्रविधिमा हुने र यहा पेपरमा तयारी गर्दा फरक त पक्कै पनि पर्नेछ । पदको आशा झिनो छ । हामी राम्रो खेल्ने प्रयास गर्नेछौं ।’
सुस्मिता एसियाको ¥याङकिङमा ३९ औं स्थानमा छिन् । उनले जापानमा भएको १६ औं एसियन एयरगन च्याम्पियनसिपमा खेल्दा ४०० एमक्युएस स्कोरमा ३९७.४ स्कोर गर्दै उच्च प्रदर्शन गरेकी थिईन् । उनीबाट नेपालले धेरै आशा गरेको छ ।
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]