default_image

7 years ago

August 13, 2018

क्रिकेटका शक्ति र ब्याडमिन्टनका शोभा सम्मानित

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति प्रसाद गौचन र ब्याडमिन्टनकी शोभा गौचन सम्मानित भएका छन् । शक्ति र शोभाले आ–आफ्नो खेलको माध्यमबाट राष्ट्रको शिर उचो पारेको भन्दै थासाङ स्पोर्टस् क्लबले सोमबार सातौ खुल्ला रनिङ शिल्ड धनुषवाण प्रतियोगिताको उद्घाटनका अवसर पारेर खेलाडीलाई सम्मान गरेको हो । 

उनीहरुलाई युवा तथा खेलकुद मन्त्री जगत सुनार र थासाङ स्पोर्टस् क्लबका अध्यक्ष श्रीकृष्ण शेरचनले सम्मानित गरे ।

नेपालले ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्दा क्रिकेटर शक्ति गौचन टिमका महत्वपूर्ण खेलाडी रहेका थिए । उनले नेदरल्यान्डविरुद्धको ऐतिहासिक डेब्यु खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरिसकेका छन् । नेपालमा हुने कुनै एक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनेछन् ।

शोभाले सन् २०१७ मा पाकिस्तान इन्टरनेसनल सिरिजमा ऐतिहासिक रजतपदक दिलाएकी थिईन् । भने नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डमा महिला विधामा विजयी हुन सफल भएकी थिइन् ।

सातौ संस्करणको खुल्ला रनिङ शिल्ड धनुषवाण प्रतियोगिता आजबाट शुरु हुदैछ । प्रतियोगिताको पहिलो दिन ब्यक्तिगतका खेलहरु संचालन भईरहेको छ । अन्तिम दिन भने टिम इभेन्टका खेलहरु संचालन भइरहेका छन् । भाद्र १ गते सम्म संचालन हुने प्रतियोगितामा ब्यक्तिगततर्फ ५० जना खेलाडीको सहभागिता रहेको छ । टिम स्पर्धामा १३ टिमको सहभागिता रहेको छ ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.