default_image

7 years ago

August 13, 2018

पिएसीको विजयी शुरुवात, नेयमारको पनि गोल

86 views

0 Bookmark

पेरिस (एजेन्सी) –पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा विजयी शुरुवात गरेको छ । पिएसजीले काइनमाथि ३–० को सहज जित हात पार्दै विजयी शुरुवात गरेको हो ।

पिएसजीलाई सहज जित दिलाउन ब्राजिली स्टार नेयमार एड्रियन राबिओट र टिमोथी वेहले गोल गरे । घरेलु मैदान पार्क डि प्रिन्सेसम पिएसजीले नेयमारको गोलबाट खेलमा अग्रता बनाएको थियो । १० औं मिनेटमा नेयमारले क्रिस्टोफोर एनकुन्कुको पासमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा एड्रियन रोबिओटले एन्जल डि मारियाको पासमा गोल गरेपछि पिएसजीले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।

खेल सकिन एक मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी टिमोथी वेहले गोल गर्दै पिएसजीलाई ३–० को सहज जित दिलाए । टिमोथी ८२ औं मिनेटमा नेयमारको स्थानमा मैदान छिरेका थिए । जितसँगै पिएसजीले तीन अंक जोड्न सफल भएको छ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.