7 years ago
August 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता र पालेङवाङ एसियाडको तयारीमा रहेको नेपाली जुडो टिम विशेष प्रशिक्षणको लागि बुधबार हंगेरीको बुढापेस्ट प्रस्थान गरेको छ ।
नेपाली जुडो टिमले अन्तर्राष्ट्रिय जुडो महासंघले डुनाभर्सनीमा आयोजना गर्ने विशेष प्रशिक्षणमा सामेल हुनेछन् । त्यसअघि नेपाली टिमले शुक्रबारबाट आयोजना हुने बुढापेस्ट ग्राण्ड प्रिक्समा सहभागिता जनाउने नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जानकारी गराए ।
पुरुषतर्फ इन्द्रबहादुर श्रेष्ठ, सन्जित डंगोल र श्रीराम मकाजु छन् । महिलातर्फ मनिता श्रेष्ठ प्रधान, देविका खड्का र पुनम श्रेष्ठ छिन् । प्रशिक्षकमा डान टेलेरक्का रहेका छन् । हंगेरीमै रहेका मोहन बमले पनि नेपालको चुनौती प्रस्तुत गर्नेछन् । विशेष प्रशिक्षणपछि नेपाली टोली २५ अगस्टमा इन्डोनेशिया जानेछन् । ओलम्पियन फुपु भने जापानबाटै सिधै थाइल्यान्ड जानेछिन् ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]