default_image

7 years ago

August 7, 2018

सेबलाई ओप्स अन्तर विद्यालय फुटसलको उपाधि

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सामाखुसी बोडिङ स्कुल (सेब)ले प्रथम ओप्स अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ । मनमैजुस्थित जि फोर फुटसल एरिनामा मंगलवार भएको फाईनल खेलमा सेबले प्रगति हाई स्कुललाई ५–२ गोल अन्तरले हराउदै उपाधि जितेको हो ।

सेबका सुबास तिम्लिसिनाले ह्याट्रिक तथा उमेश विकले २ गोल गरे । प्रगतिका अर्जुन राईले २ गोल फर्काएपनि टिमलाई जिताउन सकेन ।

प्रगतिका अर्जुन राई उत्कृष्ट खेलाडी चुनिए । सेबका उमेश विक सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट फरवार्ड चुनिए । सेबकै सफल सेन ठकुरी उत्कृष्ट मिड फिल्डर भए । सृजना ज्ञान सागरका अनिल वहादुर गुरुङले उत्कृष्ट प्रशिक्षकको उपाधि जिते ।

बिजेता टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य बद्री अधिकारी, आयोजक संस्था ओप्सका अध्यक्ष एवंम् हिमरश्मी स्कुलका प्रिन्सिपल लोकेन्द्र बहादुर खड्का, प्रतियोगिता संयोजक एवंम् एन्जल्सहार्ट स्कुलका प्रिन्सिपल धनवहादुर पुनलगायतले पुरस्कृत गरे ।

लिगकम नकआउटका आधारमा संचालन भएको प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.