7 years ago
August 6, 2018
लन्डन (एजेन्सी) – लेस्टर सिटीले मोनाकोबाट विंगर रचिद घेज्जाललाई अनुबन्ध गरेको छ । उनलाई सिटीले १० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । २६ बर्षीय रचिदलाई सिटीले चार बर्षका लागि क्लबमा भित्र्याएको हो ।
यसै सिजन सिटीले आफ्नो विंगर रियाद माहरेजलाई म्यानचेस्टर सिटीलाई बेचेको थियो । उनले लियोनमा आफ्नो व्यवसायिक फुटबल यात्रा शुरु गरेका हुन् । उनी २०१७–१८ को सिजनमा मोनाको पुगेका थिए । उनले मोनाकोमा पछिल्लो सिजन ३३ खेल खेलेका थिए । जसमा चार खेल च्याम्पियन्स लिगका खेले । उनले मोनाकोमा रहँदा २ गोल समेत गरे ।
यस सिजनमा लेस्टरको यो पाँचौ खेलाडी अनुबन्धन हो । यसअघि लेस्टरले गोलरक्षक डानी वार्ड, डिफेन्डरद्वय रिकार्डो पेरेइरा, जोनी इभान र मिडफिल्डर जेम्स माड्डिसनलाई अनुबन्ध गरेको थियो । ‘म यहाँ धेरै खुसी छु । मैले प्रशिक्षकलाई लियोनमा रहँदा प्रशिक्षकसँग काम गरिसकेको छु ।’ उनले भने, ‘यो राम्रो क्लब हो र यहाँ राम्रा खेलाडी पनि छन् । मलाई आशा छ की यो सिजन लेस्टरमा राम्रो बित्ने छ ।’
प्रशिक्षक क्लाउड पउलले घेज्जाललाई स्वागत गर्दै भने, ‘रिचद हाम्रो समूहका लागि प्रतिस्पर्धात्मक खेलाडी हुने छन् ।’
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।