9 years ago
February 15, 2016
१२औं दक्षिण एशियली खेलकुद अन्तरगत आईतबार १४औं दिन बक्सिड कास्यमा सिमित हुन पुगेको छ । बक्सिडले तीन कास्य पदक प्राप्त गऱ्यो ।
फाईनल पुग्ने आशा गरिएकी ४८–५१ केजी तौल समूहकी मिनु गुरुड श्रीलडकाली खेलाडी के अनुशा दिलरुक्सी संग अंकको आधारमा पराजित हुदै काास्यमा सिमित हुन पुगिन् । उनी पाकिस्तानी खेलाडी बानु खुसिहिमलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी थिईन् ।
यस्तै पुरुष ६४ केजीका दीपक श्रेष्ठ पनि श्रीलडकाका दिनिदु सपरामान्डुसंग अंककै आधारमा पराजित हुंदै काास्य पदकमानै चित्त बुझाउन बाध्य भए । दीपकले अफगानिस्तानका खेलाडी अहमदिन अहमद वाहिदलाई पराजित गरेका थिए ।
७ पुरुष र ३ महिला खेलाडीको सहभागिता रहेको बक्सिङ्गले पुरुष तर्फ १ र महिला तर्फ २ कास्य पदक प्राप्त गरेकोछ
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]