default_image

9 years ago

February 15, 2016

यानकुमारी र ज्ञानीलाई रजत पदक

164 views

0 Bookmark

१२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदकका आशा गरिएका तेक्वान्दोका यानकुमारी चौलागाई र ज्ञानी चुनारा पनि रजत पदकमा सिमिति भएका छन् । फाइलन खेलमा पराजीत हुदै दुवै खेलाडीले रजत पदक जितेका हुन् ।

Yani and Chunara

महिला ४९ केजी तौल समूहमा यानकुमारी चौलागाई भारतीय खेलाडी पूर्वा दिक्षितसंग फाइनलमा ४–१२ अंकले पछि पर्दै रजतमा सिमिति हुन पुगिन् । भारतकी दिक्षितले स्वर्ण जितिन् ।

यस अघि उनले भुटानकी खेलाडी पेमा देचेन र पाकिस्तानकी आयशा नुरलाई पराजित गरेकी थिईन् । यस्तै महिला ५७ केजीमा ज्ञानी चुनारा पनि फाइनलमा पराजित हुंदै रजतमानै सिमित भईन् । उनी अफगानिस्तानकी खेलाडी हुमैरा एफ शाहसंग १०–७ अंकले पछि परेकी थिइन् । उनले पहिलो खेलमा पाकिस्तानकी नुसरत विविलाई र दोश्रो खेलमा भारतीय खेलाडी एस रामचियारीलाई पराजि गरेकी थिईन् ।

पुरुषको ७४ केजी तौल समूहमा निश्चलमान श्रेष्ठ सेमिफाइनलमा भारतीय खेलडी मनु जर्जसंग ४–१६ अंकले पराजित हुदै काास्यमा सिमित भए । उनले श्रीलडकाली खेलाडी ज्ञानु परेरालाई पराजित गरेका थिए ।

पुरुषको ५८ केजी तौल समूहमा सुनिल पौडेल भारतीय खेलाडी गजेन्द्र परिहार संग सेमिफाइनलमा पराजित भए । उनी वाई पाएर सेमिमा प्रवेश गरेका थिए । स्वर्णको आशा गरिएको तेक्वान्दोमा आयशा शाक्यले सोमबार प्रतिस्पर्धा गर्ने छिन् । तेक्वान्दोबाट नेपालले तीन रजत र तीन कास्य पदक प्राप्त गरेको छ ।

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.