7 years ago
August 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका इन्द्र बहादुर श्रेष्ठले थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा स्वर्णपदक जितेका छन् ।
थाइल्यान्डमा भएको च्याम्पियनसिपमा इन्द्रले ६६ केजी तौल समूहमुनि स्वर्ण जित्न सफल भएका हुन् । उनले फाइनलमा जापानका ताकुया तोयदालाई पराजित गर्दै स्वर्ण जितेका हुन् । इन्द्रले एसियाडमा पनि सहभागिता जनाउनेछ । यस्तै देविका खड्काले ५२ केजी तौल समूहमुनि कास्य जितेकी छन् ।
एसियाड तयारीमा रहेका नेपाली जुडोका केही खेलाडीले आज पनि प्रतिस्पर्धा गर्नेछ । नेपाली टोली यो प्रतियोगितापछि काठमाडौं फर्कनेछ र विशेष प्रशिक्षणका लागि हंगेरी प्रस्थान गर्नेछ ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]