7 years ago
July 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को लोगो र नेपाली राष्ट्रिय टोलीको जर्सीको डिजाइन फेरिने भएको छ । खुला प्रतिस्पर्धातका आधारमा एन्फाले लोगो र जर्सी डिजाइन गरिने एन्फाले जनाएको छ । लोगो र जर्सी डिजाइनको प्रतिस्पर्धा शनिबारबाट खुला गरिएको छ ।
एन्फाले खुल्ला प्रतिस्पर्धामार्फत उत्कृष्ट मानिने लोगो र जर्सीको डिजाइन गर्नेलाई ५० हजार रुपैया पुरस्कारको समेत व्यवस्था गरेको छ । एन्फामा नयाँ नेतृत्व आएसँगै लोगो र जर्सी परिवर्तन गर्न लागिएको हो । वैशाख २२ गते कर्मा छिरिङ शर्पाको नेतृत्वमा केन्द्रिय समिति निर्वाचित भएको थियो ।
लोगो र जर्सीले नेपाल र फुटबललाई झल्को दिने, अन्तर्राष्ट्रिय स्तर र उच्च गुणस्तरीय हुनुपर्नेछ । यस्तै लोगो र जर्सीमा चार भन्दा बढी रङ हुनु नहुने तथा वाटरमार्क हुन नहुने उल्लेख छ । लोगो र जर्सी डिजाइनको लागि १० दिनको समय तोकिएको छ ।
यसअघि एन्फाको लोगोमा नेपालको नक्सासहित सगरमाथामा नेपालको दुईवटा राष्ट्रिय झन्डाभित्र फुटबलसहितको लोगो चल्तीमा थियो । राष्ट्रिय टिमले लगाउने रातो र निलो जर्सीमा नेपालको राष्ट्रिय झन्डा राखिएको थियो । एन्फाको पछिल्लो लोगो २०६२ ०६३ को आन्दोलनपछि परिवर्तन गरिएको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]