7 years ago
July 18, 2018
लन्डन (एजेन्सी) – लन्डन क्लब चेल्सीले आफ्नो पहिलो रोजाईका गोलरक्षक थिवाउट कोर्टुवा स्पेनिस क्लब रियाल म्याड्रिडमा अनुबन्ध भए आर्सनलका गोलरक्षक पिटर चेकलाई अनुबन्ध गर्ने तयारी गरेको छ ।
कोर्टुवा रियालमा सरुवा नजिक रहँदा चेल्सीले आफ्नो पूर्व गोलरक्षक पिटर चेकलाई क्लबमा अुनबन्ध गर्ने तयारी गरेको हो । स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट लोनबाट कोर्टुवा चेल्सी फर्किएपछि चेक दोस्रो रोजाईमा सीमत भएका थिए । त्यसपछि पछि उनी अर्काे लन्डन क्लब आर्सनलमा पुगेका थिए ।
यदि कोर्टुवा रियालमा पुगे चेल्सीले चेकलाई नै पहिलो प्राथमिकतामा राखेको छ । चेक सम्भव नभए चेल्सीले लेस्टर सिटीका कस्पर स्केमिचेल र ब्राजिल तथा इटालियन क्लब रोमाका गोलरक्षक एलिसन बेकरलाई अनुबन्ध गर्ने योजना बनाएको छ । तर, एलिसन लिभरपुलमा अनुबन्ध नजिक छ ।
रियालले रसिया विश्वकपका गोल्डेन ग्लोभ विजेता कोर्टुवालाई ३५ मिलियन पाउण्डमा चार वर्षको लागि अनुबन्ध गर्ने तयारी गरेको छ । कोर्टुवाले भने आफु चेल्सीमै खुशी रहेको बताएका छन् ।
‘विश्वकप दौरान नै मैले मेरो सरुवा सम्बन्धीका समाचारहरु आएको थियो । तर, अहिले र केही समयमा के हुन्छ, यसबारे मैले मेरो एजेन्टसँग निरन्तर सम्पर्क गरिरहेको छु ।’ कोर्टुवाले भने, ‘म यत्तिकै चेल्सी छाड्न चाहन्न ।’ चेल्सी र रियालबीच कोर्टुवा र इडेन हजार्डलाई सरुवा गर्ने सहमति भएको बुझिएको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।