7 years ago
July 6, 2018
काठमाडौं (हाम्रो खेलकुद)– पटक पटकको प्रयासपछि पनि एसियाली खेलकुदको तयारी प्रशिक्षणमा सामेल नभएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कराते खेलाडी नवीन रसाइली टोलीबाट हटाएको छ । नवीनको ठाँउमा छनोटको फाइनलमा ६७ केजीको फाइनलमा उनैसँग पराजित भएका विजय लामालाई समावेश गरिएको छ । डन्डोनेसियामा भदौ २ देखि १७ गते सम्म १८ औं एसियाली खेलकुद आयोजना हुँदैछ ।
जेठ १ गते देखि पोखरामा अभ्यास गरिरहेका कराते टोलीका अन्य खेलाडीसँग विजय असार १७ गतेबाट सामेल भएको प्रशिक्षक दीपक श्रेष्ठले जानकारी दिएका छन् । असार १५ मा सदस्य सचिव स्तरीय निर्णयका आधारमा विजय टोलीमा सामेल भएका हुन् । विजयले सन् २०१४ मा इन्चोन एसियाडमा पनि नेपालको प्रतिनिधित्व गरेका थिए ।
राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुनबहादुर विकले बारम्बार फोन सम्पर्क, पत्रचार र राष्ट्रिय दैनिकमा सुचना जारी गर्दा पनि नवीन सम्पर्कमा नआएपछि उनको ठाँउमा विजयलाई राखिएको बताए । नवीन बालाजु एकेडेमीका खेलाडी हुन् । वैशाखमा भएको एसियाली खेलकुदका लागि छनोट भएका सबै खेलाडी पोखरामा प्रशिक्षणमा रहँदा पनि नवीन भने सहभागी भएनन् ।
‘मैले नै पटक पटक नवीनसँग र उनका प्रशिक्षक ध्रुब विक्रम मल्लसँग प्रशिक्षणमा सामेल हुनका लागि भन्दै सम्पर्क गरे । पछि फोन उठ्न छाड्यो ,निर्देशक विकले भने, ‘पछि त्यसपछि पत्र पठाएम् । पत्र नबुझेपछि हुलाकमार्फत दुई पटक पत्र पठायौं । त्यसको पनि जवाफ आएन । असार १५ मा अन्नपूर्ण पोष्टमा सुचना जारी गर्यौं । त्यसपछि पनि सम्पर्कमा नआएपछि हामीले विजयलाई छनोट गरेका हौं ।’
उता खेलाडी नवीनले भने आफु विदेश र सल्याण प्रतियोगितामा भाग लिन गएका कारण प्रशिक्षणमा सामेल हुन नपाएको बताउँछन् । उनले एसियाडमा भाग लिने भन्दै छनोटमा भाग लिएको बताएपनि प्रशिक्षणमा रहेका अन्य खेलाडीसँगै किन नगएको भन्ने प्रश्नमा जवाफ दिएनन् । उनले आफुले कुनै जानकारी नदिएको स्वीकार गरे । निर्देशक विकले एक पटक प्रशिक्षणमा सामेल हुन फोन गरेको उनको भनाई थियो ।
नवीनका प्रशिक्षक मल्लले भने आफ्नै खेलाडीले एसियाड खेल्ने दाबी गरे । ‘मैले मन्त्री, सदस्य सचिवलाई पनि जानकारी गराइसकेको छु,’ उनले भने, ‘नवीन यो बीच प्रतियोगितामा भाग लिन गएका थिए । अब पनि जान्छन् । त्यसैले उनी समावेश नभएको हुन् ।’ एक पटक विकसँग फोनमा आफ्नो कुरा भएको स्वीकार गर्दै मल्लले हुलाकबाट आएको पत्र आफुले केहि दिन अघि मात्र प्राप्त गरेको बताए ।
उनले नवीनको ठाँउमा अर्को खेलाडीलाई प्रशिक्षणमा सामेल गर्नु बेइमानी भएको बताए । मल्लका अनुसार नवीन र उनी प्रतियोगिता खेल्न आइतबार जोर्डन जाने तयारीमा छन् । जुलाई १७ मा नेपाल फर्केपछि नवीन जुलाई १८ मा थाइल्यान्ड जाने तयारीमा रहेको पनि मल्लले जानकारी दिए । यसअघि एन्चोड एसियाडमा जस्तै यसपटक पनि खेलाडीका कारण विवाद बढ्ने सम्भावना देखिएको छ ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]