7 years ago
June 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युवा क्लबले राजधानीमा जारी तेस्रो ललित स्मृतिमा यु–१८ फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो ट्रफमा भएको समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा सरस्वतीले मच्छिन्द्र क्लबलाई २–० को गोल अन्तरले पराजित गर्दै प्रतियोगितमा पहिलो जित दर्ता गरेको हो ।
सरस्वतीले यसअघिका दुवै खेल गुमाएको थियो । आर्मीसँग ४–० ले पराजित भएको सरस्वती एनआरटीसँग १–० ले पराजित भएको थियो । मच्छिन्द्रको भने यो लगातार दोस्रो हार हो । मच्छिन्द्र यसअघि एनआरटीसँग पराजित भएको थियो । पहिलो हाफको इन्जुरी समयमा प्राप्त फ्रिकिक प्रहारलाई सुवास कार्कीले हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
८१ औं मिनेटमा मन कुमार राईले गोल गर्दै सरस्वतीको जित पक्का गरे । इन्जुुरी समयमा मच्छिन्द्रका कप्तान शरद राई दोहोरो पहँलो कार्ड खादै मैदान बाहिरिएपछि मच्छिन्द्र १० खेलाडीमा समेटिएको थियो । त्यसपछि थप गोल हुन नसक्दा सरस्वती १–० ले विजयी हुन सफल भयो । पहिलो जितसँगै सरवस्तीको दोस्रो चरण पुग्ने सम्भावना झिनो बनेको छ । तर, यो समूहमा आर्मी र एनआरटीले लगातार दुई जित निकाल्दै शीर्ष दुई स्थानमा रहेका छन् ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]