10 years ago
August 26, 2015
भोली यु-१९ साफको दुबै सेमिफाइनलको खेलहरु हुँदैछ । नेपालले अफ्गान्स्तान सँग र भारत ले बाङ्लादेश सँग फाइनल प्रवेसको लागि खेल्दै छ । पढ्नुस आज भएको पोस्ट प्री-म्याच कोन्फेरेसमा कोचहरुले के भने ।
बालगोपाल महर्जन(नेपाली प्रशिक्षक)
अफगानिस्तान टिम शारिरीक रुपमा बलियो छ । उनिहरुलाई चिर्नका लागि पनि मैदान अनुसार ग्राउन्ड बलहरु खेल्दै उनिहरुको स्ट्राटेजि ब्रेक गर्नु पर्छ । साथै टिमले समुहचरणमा गरेको गल्तीलाई सच्याएर मैदानमा उत्रनु पर्ने छ । हामिले सुरुवाती दुई खेलमा बल पोसेसन राख्न सकेनौं जसलाई तोड्नु जरुरी छ । हाम्रा सबै खेलाडिहरु फिट छन् सोहि अनुसारको प्रदर्शनको अपेक्षा छ । हामिले सेमिफाइनलको मौसमलाई ख्याल गर्दै मध्ये दिउंसो ट्ेरनिङ गरेका छौं । यसर्थ पनि हाम्रा खेलाडिले राम्रो गर्नेमा म विश्वस्त छु ।
सायद राजव साह मासोमी (अफगानिस्तान साहायक प्रशिक्षक)
हामिले नेपाल विरुद्ध याट्याकिङ मुभहरु बढि भन्दा बढि सिर्जना गर्न जरुरी छ । नेपाललाई घरेलु मैदान र घरेलु समर्थकको साथ छ । साथै मौसमपनि सोचेअनुरुप नहुन सक्छ । यसर्थ नेपाल विरुद्ध हामिले जतिसक्यो धेरै याट्याक गर्न सक्नु पर्छ । हामिले समुहचरणमा पहिलो रोजाईको गोलरक्षक गुमाएपनि दोस्रो गोलरक्षक पनि उत्तिकै राम्रो भएकाले समस्या हुन्छ जस्तो मलाई लाग्दैन् । यसर्थ हामि नेपाललाई हराउने लक्ष्यका साथमानै मैदानमा हुने छौं ।
सेइफुल बारी टीटु (प्रशिक्षक बंगलादेश)
भारत सन्तुलित टिम हो । उनिहरु विरुद्ध मैदानमा उत्रंदा हामिले धेरै कुरामा विचार पुर्याउनु पर्ने हुन्छ । उनिहरुका जुनसुकै खेलाडिहरु गोल गर्न सक्ने क्षमता राख्छन् यसर्थ भारत विरुद्ध हामिले आफ्नो रणनीती बलियो बनाउन जरुरी छ । हामिलाई डिफेन्समा केहि समस्या छ तर भारत विरुद्ध राम्रो प्रदर्शन गर्नेमा म विश्वस्त छु । नेपाल विरुद्ध हामि जितका हकदार थियौं तर भाग्यवश पराजित भयौं यद्धपि भारत विरुद्ध राम्रो प्रदर्शन गर्दै फाइनल पुग्ने ध्याउन हुने छ।
सायद सविर पसा (भारतीय प्रशिक्षक)
बंगलादेश राम्रो टिम छ उनिहरुको टिममा लगाव राम्रो छ । उनिहरुले आफ्नो क्षमता नेपाल विरुद्ध पनि देखाइसकेकाले कम आंकलन गर्नु भुल हुने छ । उनिहरुले नेपाल भन्दा राम्रो बल पोसेसन राख्दै सुन्दर मौकाहरु सिर्जना गरेका थिए । यसर्थ भारत विरुद्ध पनि उनिहरुले सोहि प्रदर्शन दोह्याउन सक्ने भएकाले हामि चनाखो हुनु पर्ने छ । यद्धपि उनिहरु विरुद्ध हामि आफ्नो खेल पस्कन्छौं टिम खेल खेल्दै उनिहरु विरुद्ध मैदानमा उत्रंदा नतिजा आफु अनुकुल आउनेमा म विश्वस्त छु।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]