default_image

6 years ago

May 31, 2018

खेलकुद क्षेत्रबाट राष्ट्रपति भण्डारी अभिनन्दित

59 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप), युवा तथा खेलकुद मन्त्रालय र विभिन्न खेलकुद संघहरुले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई अभिन्दन गरेका छन्  । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को नेतृत्वमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र विभिन्न राष्ट्रिय खेल संघका प्रतिनिधिहरुको उपस्थितमा राष्ट्रपति निवास शीतल निवासमा अभिनन्दन गरिएको हो ।

अभिनन्दन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय जगतमा नेपालको नाम बोक्ने हुनाले खेलकुद राष्ट्रकै गहना रहेको बताइन । राष्ट्रपति भण्डारीले खेलकुदको विकासमा पूर्वाधार निर्माण अपरिहार्य रहेकाले त्यसमा ध्यान दिन पनि सुझाव दीईन् ।

खेलकुद मन्त्री विश्वकर्मा र सदस्य–सचिव केशवकुमार विष्टले राष्ट्रपति भण्डारीलाई संयुक्त रुपमा अभिनन्दन पत्र प्रदान गर्दा अन्य खेल संघले पनि मायाको चिनो प्रदान गरेका थिए  । कार्यक्रममा बोल्दै मन्त्री सुनारले खेलकुदको विकासमा मन्त्रालय सधैं सकरात्मक रहेको बताए । यसैगरि सदस्य सचिव विष्टले भने राष्ट्रप्रतिको खेलप्रतिको स्नेहको कदर गर्दै समग्र खेलकुद परिवारले यो अभिनन्दन गरेको बताए ।

October 7, 2024

अस्ट्रेलियामा प्रतिभा र राजेन्द्र सर्वाेत्कृष्ट

दिल तामाङ ,सिड्नी नेपाली महिला राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका राजेन्द्र विष्ट अस्ट्रेलियाको सिड्नीमा भएको पाँचौं महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२४ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतिभा र राजेन्द्रले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरे। प्रतिभाले म्याग्दी काली युनाइटेड र राजेन्द्रल ढोरपाटन क्लबबाट […]

October 7, 2024

ढोरपाटन र म्याग्दी कालीलाई भलिबल उपाधि

दिल तामाङ ,सिड्नी आयोजक ढोरपाटन क्लब अस्ट्रेलिया र म्याग्दी काली युनाइटेडले पाँचौं संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२४ को उपाधि जितेका छन् । ढोरपाटन पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । अस्ट्रेलियाकाे सिड्नीस्थित अवर्न बास्केटबल सेन्टर लिडकममा आइतवार भएको एक दिने प्रतियोगिताको पुरुषतर्फको फाइनलमा आयोजक ढोरपाटनले म्याग्दी प्रवासी नेपाली संघ […]

October 3, 2024

काठमाडौंको जितले मधेश र गण्डकी बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं स्पाइकर्सको तेस्रो जितसँगै मधेश युनाइटेड र गण्डकी थन्डर्स वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को लिग चरणबाटै बाहिरिएका छन् । काठमाडौंले बिहीवार मधेशमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउँदा मधेश १ खेल र गण्डकी २ खेल बाँकी छँदै लिग चरणबाटै बाहिरिएका हुन् । फाइनल पुग्ने सम्भावना […]

Success

Thank you for your time.