default_image

6 years ago

May 22, 2018

फिफा विश्वकप – २२ दिन बाँकी

52 views

0 Bookmark

मस्को (एजेन्सी) – फिफा विश्वकप २०१८ सुरु हुन अब २२ दिनमात्र बाँकी छ । ३२ राष्ट्र सम्मिलित प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको डिफेन्डीङ च्याम्पियन जर्मनीले आफ्नो २३ सदस्यीय टोलीको नामावली सार्वजनिक गरिसकेको छ । यसपटक जर्मनीको टोलीमा पछिल्लो विश्कप फाइनलमा विजयी गोल गरेका मारिओ गोट्जे अटाएका छैनन् । त्यसअघि सन् २०१० मा स्पेनले विश्वकप उपाधि हात पारेको थियो । यसपटक पनि स्पेन र जर्मनीलाई युरोपबाट सबैभन्दा बढी सम्भावना बोकेको टोलीको रुपमा हेरिएको छ ।

प्रतियोगितामा सहभागी ३२ मध्ये २० टोलीले यसअघिको संस्करणमा पनि सहभागिता जनाएका थिए । यसपटक विश्वकपमा दुई टोलीले पहिलोपटक सहभागिता जनाउँदै छन् । आइसल्याण्ड र पानामाको यो पहिलो विश्वकप यात्रा हो । १४ जुनबाट सुरु हुने प्रतियोगितामा कुल  ६४ खेल खेलिनेछ । प्रतियोगिताका खेल संचालन गर्न ११ सहरका १२ रंगशाला प्रयोग गरिनेछ । प्रतियोगिताको फाइनल खेल जुलाई १५ तारिखमा मस्कोको लुझिन्की रंगशालामा हुनेछ । विश्वकप विजेताले सन् २०२१ मा हुने फिफा कन्फेडेरेसन कपमा सहभागिता जनाउनेछ ।

प्रतियोगितामा खेल संचालन गराउन फिफाले ३६ रेफ्री र ६३ सहायक रेफ्रीको सुची पनि सार्वजनिक गरिसकेको छ । यसपटक विश्वकपमा भिडियो असिस्टेन्ट रेफ्री (भार) को पनि प्रयोग हुनेछ । भारको लागि विशेष रेफ्रीका रुपमा १३ भार रेफ्रीलाई पनि नियुक्त गरिएको छ ।

world cup

प्रतियोगिताको आधिकारिक बल एडिडासले उत्पादन गर्नेछ । यसपटक एडिडासले सन् १९७० को विश्वकपलाई आधार मानेर तेल्स्टार १८ नामक बल प्रयोग गर्नेछ । यसबाहेक विश्वकपको मास्कोटको रुपमा जाबिभाका पनि सार्वजनिक गरिएको छ । विश्वकपका लागि रसियाली सरकारले १० बिलियन डलर बराबरको बजेट तोकेको छ । जसमध्य आधा बजेट खेल पूर्वाधारको विकासमा खर्चिएको छ । विशेषत आवतजावतका लागि प्रयोग हुने प्लाटफर्म, विमानस्थल लगायतमा सरकारले बढी ध्यान पुर्याएको देखिन्छ ।

October 7, 2024

अस्ट्रेलियामा प्रतिभा र राजेन्द्र सर्वाेत्कृष्ट

दिल तामाङ ,सिड्नी नेपाली महिला राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका राजेन्द्र विष्ट अस्ट्रेलियाको सिड्नीमा भएको पाँचौं महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२४ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतिभा र राजेन्द्रले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरे। प्रतिभाले म्याग्दी काली युनाइटेड र राजेन्द्रल ढोरपाटन क्लबबाट […]

October 7, 2024

ढोरपाटन र म्याग्दी कालीलाई भलिबल उपाधि

दिल तामाङ ,सिड्नी आयोजक ढोरपाटन क्लब अस्ट्रेलिया र म्याग्दी काली युनाइटेडले पाँचौं संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२४ को उपाधि जितेका छन् । ढोरपाटन पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । अस्ट्रेलियाकाे सिड्नीस्थित अवर्न बास्केटबल सेन्टर लिडकममा आइतवार भएको एक दिने प्रतियोगिताको पुरुषतर्फको फाइनलमा आयोजक ढोरपाटनले म्याग्दी प्रवासी नेपाली संघ […]

October 3, 2024

काठमाडौंको जितले मधेश र गण्डकी बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं स्पाइकर्सको तेस्रो जितसँगै मधेश युनाइटेड र गण्डकी थन्डर्स वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को लिग चरणबाटै बाहिरिएका छन् । काठमाडौंले बिहीवार मधेशमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउँदा मधेश १ खेल र गण्डकी २ खेल बाँकी छँदै लिग चरणबाटै बाहिरिएका हुन् । फाइनल पुग्ने सम्भावना […]

Success

Thank you for your time.