7 years ago
May 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य सोसिएल स्पोर्टस जर्नालिस्ट अवार्डबाट सम्मानित भएका छन् । काठमाडौं लायन्स क्लबको कर्पोरेट नेपालले आयोजना गरेको लायन्स कर्पोरेट सोसिएल अवार्डका दौरान द हिमालयन टाइम्सका खेलकुद ब्यूरो प्रमुख समेत रहेका आचार्यलाई सम्मान गरिएको हो ।
आयोजक काठमाडौं लायन्स क्लब कर्पोरेट नेपाल च्याप्टरका अध्यक्ष किशोर भट्टराईका अनुसार शनिबार भएको अवार्डमा सिटिजन बैंकका राजन सिंह भण्डारी सोसिएल बैंकर, नेपाल इन्सुरेन्सका विजय शाह सोसिएल कर्पोरेट पर्सनालिटी, टर्कीस एयरका अब्दुल्ला टुनकेर केचेची लायन्स कर्पोरेट एयर लायन्स, धुर्मुस सुन्तली फाउन्डेसन सोसिएल च्यारिटी अर्गनाइजेसन अवार्डबाट सम्मानित भएका थिए ।
त्यस्तै एयुका कुशल केसी एनआरएन सोसिएल डोनर, शसस्त्र प्रहरी बल सोसिएल डिजास्टर म्यानेजमेन्ट र न्यू बिजनेस ऐजका मदन लम्साल विजसेन मिडिया अवार्डबाट सम्मानित भएका थिए । डिस्ट्रिक गर्भनर लिला ढुंगेलले अवार्ड प्रदान गरेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]