default_image

9 years ago

January 22, 2016

सार्वजनिक संस्थान खेलकुद अर्को साता

243 views

0 Bookmark

काठमाडौं, माघ ७ गते ।
सार्वजनिक संस्थान खेलकुद संघ नेपालको आयोजनामा नवौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता टेलिकम कप– २०७२ माघ १५ गतेदेखि हुने भएको छ । नेपाल टेलिकमको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा दौड र बुद्धिचालतर्फ प्रतिस्पर्धा हुने आयोजक संघका महासचिव रामविनय श्रेष्ठले जनाएका छन् ।

nepal gov

दौडलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा हुने छ । पुरुष/महिलातर्फ क्रमश: १० र ५ किलोमिटर दूरीमा खुला र कर्मचारीतर्फ प्रतिस्पर्धा हुनेछ । खुलामा राष्ट्रियस्तरका खेलाडी समेतले भाग लिन पाउने छन् । कर्मचारीतर्फ सार्वजनिक संस्थान, स्थानिय निकाय, दूरसंचार प्रदायक कम्पनी, एयरलाइन्स तथा ‘क’ वर्गका बैंकमा कार्यरत कर्मचारीहरु समावेश हुन पाउने प्रावधान छ ।

दौडतर्फ कुल पुरस्कार राशी १ लाख ६० हजार रुपैयाा रहेको छ । खुलातर्फ पहिलो हुनेले २५ हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । कर्मचारीतर्फ शीर्ष तीन स्थान हात पार्ने पुरुष/महिलाले क्रमश: १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पार्ने छन् ।

बुद्धिचालमा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार जित्ने छन् । बुद्धिचाल माघ १५ र १६ गते भद्रकाली प्लाजास्थित टेलिकमको केन्द्रीय कार्यलयमा हुने छ । माघ १६ मा हुने दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालबाट सुरु भइ पुन: दशरथ रंगशालामै आएर टुंगिने छ ।

दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख ९२ हजार रुपैयाा खर्च हुने अनुमान गरिएको आयोजक संघका अध्यक्ष कुलबहादुर आचार्यले जानकारी गराए । स्थान उपलब्ध नभएकाले भलिबल, टेबलटेनिस र ब्याडमिन्टनलाई बैशाखमा गर्ने गरी सारिएको महासचिव श्रेष्ठले बताए ।

September 18, 2024

ओपनर अर्जुन आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर अर्जुन साउद आउट भएका छन् । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा ओमानविरुद्ध नेपालले पहिलो विकेट गुमाएको हो । करिब १५ महिना पछि नेपाली टिममा फर्किएका अर्जुन साउद १२ बलमा ५ रन बनाउदै आउट भएका हुन् । कलिमुल्लाहको बलमा फैयज बटबाट साउद क्याच भएका […]

September 13, 2024

करातेका श्रेष्ठ बर्ष उत्कृष्ट प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद)- पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत शुक्रवार बर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड करातेका कुशल श्रेष्ठले जितेका छन्। श्रेष्ठको नेतृत्वमा उनले १९औं एसियाली खेलकुदमा एरिका गुरूङले ऐतिहासिक रजत पदक दिलाएकी थिइन्।‌ नेपालले एसियाली खेलकुदमा जितेको यो दोस्रो रजत हो। करातेमा नेपालको यो अहिलेसम्म कै ठुलो पदक पनि हो। उनकै प्रशिक्षणमा‌ दशौं विश्व कराते च्याम्पियनसिप, इन्डोनेसियामा […]

September 13, 2024

अफगानिस्तान र न्युजिल्यान्डबीचको टेस्ट रद्द

एजेन्सी – अफगानिस्तान र न्युजिल्यान्डबीचको टेस्ट टस समेत हुन नसकि रद्द भएको छ । भारतको नोयडामा हुने भनिएको अफगानिस्तान र न्युजिल्यान्डबीचको टेस्ट खेल निरन्तरको वर्षाका कारण रद्द भएको हो । दुई टोलीबीचमा एकमात्र टेस्ट खेल रहेको थियो । टस बिना नै रद्द भएको टेस्ट क्रिकेटको इतिहासमा यो आठौं खेल हो । पछिल्लो पटक सन् १९९८ […]

Success

Thank you for your time.